सन्तोष शर्मा, रोल्पा
१६-मंसिर /  रोल्पाको होलेरीमा संचान गरिएको ३ दिने एकीकृत घुम्ती शिविर अन्तरगत नागरीकता वितरण टोलीवाट नागरीकता लिन आउनेको सङ्ख्यामा उल्लेखनिय सहभागीता रहेको छ । मसिर १३ गतेदेखि सुरु गरीयको शिविरमा आज सम्म करीब एक हजार जनाले नागरीकता लिने भएका छन ।

जिल्ला प्रशासन  कार्यालय रोल्पाको आयोजना तथा रुन्टीगढी गाउँपालिकाको संयुक्त रुपमा  सुरु गरिएको शिविरमा नागरीकको चापमा सोचेभन्दा बढी नै बृद्धी भएकाले शिविरलाई थप दुइ दिन  लम्बाइएको थियो । हिजो अन्तिम दिन भएपनी भोलि सम्मका लागी म्याद थप गरिएको छ । जनताको सहभागीता उल्लेखनिय भएका कारण जनताको भावनाको उच्च मुल्याडकन गर्दै हिजो सकिने शिवीरको मितिमा दुइ दिन थपका लागी जिल्ला प्रशासन कार्यालय सगँ सहमति गरिएको गाउपालिकाका प्रमुख बालाराम बुढाले जानकारी दिए ।

 


त्यस्तै पुर्व निर्धारीत तालिमका अनुसार अन्तिम  दिन शिविरको अवलोकनमा आएका प्रमुख जिल्ला अधिकारी (गन्ज बहादुर महरा क्षेत्री) ले पनि विभिद कारणले जिल्ला जान नसक्नेहरुका लागी लक्षीत गरीएको शिवीरको सहभागिता निकै नै उत्साहजनक भयकाले म्यादथप गरिएको वताए । शिविरवाट नागरीकले पनि गाउँपालिकाकाको प्रंशसा गर्दै आगामी दिनमा यस्ता खालका शिविरको आयोजना भैदिए आफुहरुलाई ठुलो राहत हुने वताए । रुन्टीगढी ४ मसिना निवासी नेत्र ब. सिङले भने : यो भन्दा अगाडी म छोरीको नागरीकता वनाउन लिवाङ जादा १० हजार जति सकिएको थियो तर आज छोराको घरकै खाना खाएरै आउन पाइया छ खुसी छु , हाम्रा लागी त सरकारले यस्तै गर्दे नि पुग्छ ।”


ADVERTISEMENT

  


 


८५ वर्षमा नागरीकता
साथै शिविरवाट एक बृद्ध महीलाले झण्डै ८५ वर्षपछी नागरीकता प्राप्त गर्न सफल भएकी छन । रुन्टीगढी ४ मसिना निवासी नौला गिरीले आफनै स्थानीय तहवाटै नागरीकता प्राप्त गर्न सफल भएकी हुन । आज विहानै गाउँपालिकाका अध्यक्ष बालाराम बुढा र सहायक प्रमुख जिल्ला अधिकारी चुडामनि शर्मा गौतमले गीरीलाई नागरीकता हस्तान्तरण गरेका हुन  ।

नागरीकता वितरण गर्दै प्रमुख जिल्ला अधिकारी शर्मा गौतमले नेपाली जनताको घरघरमा सिहदरवार भन्ने नारालाइ सरकारले थालेको घुम्ती शिवीर अन्तरगत शिविर सचालन भैरहेको र शिविर निकैनै सफल भैरहेको जानकारी दिए । नागरीकता ग्रहन गर्दै गीरीले अहिले सम्म नागरीकता नलिनुका कारण नागरीकताको महत्व नै नठानेको वताउदै अव नियमले बृद्ध भत्ता कै लागी मात्रै नागरीकता लिएको वताए ।

प्रतिकृया

प्रतिकृया