लमही
१९ मंसिर/ दाङको बिकट क्षेत्र राजपुर गाउँपालिकामा पहिलो पटक खेलकुद महोत्सव सञ्चालन हुने भएको छ । राजपुर गाउँपालिका वडा नं. ५ र आर.एस स्पोट्र्स म्यानेजमेन्ट सर्भिसको संयुक्त आयोजनामा मङ्सिर ३० देखि पुस ४ गतेसम्म महोत्सव सञ्चालन हुने भएको हो ।

राजपुरको नाका क्षेत्रमा खेलकुदको विकास गर्न यस भन्दा अघि कुनै पनि निकायले चासो नदिएको भन्दै आफुहरुले यहाँको खेलको विकासका लागि महोत्सव आयोजना गर्न लागेको वडाअध्यक्ष नरेन्द्रसिंह भण्डारीले बताए । ‘यस भन्दा अघि राजपुरमा खेलकुद महोत्सव भएको थिएन्, त्यसैले यस क्षेत्र खेलक्षेत्रमा पनि पछि छ’ उनले भने ‘यहाँको खेलको विकास गर्न पहिलो पटक खेलकुद महोत्सव गर्न लागेका हौं ।’

नाका क्षेत्रमा पनि राम्रा खेलाडीहरु भएपनि आफ्नो क्षमता प्रस्तुत गर्न नपाउँदा खेल क्षेत्रको विकास हुन नसकेको भन्दै गाउँपालिकाका वडास्तरीय खेलकूद प्रतियोगिता हुने अध्यक्ष भण्डारीको भनाई छ ।


ADVERTISEMENT

  




ADVERTISEMENT
 


 

फुटबल, क्रिकेट, भलिबल, हाईजम्प, लम्जम्प, सटफुट, थ्रोईन्, ज्याब्लिङलगायतका प्रतियोगिता हुने उनले बताए । यो महोत्वसलाई बर्षेणी मनाउने समेत उनले बताए । खेल क्षेत्र भनेको युवाहरुलाई कुलतमा फस्न नदिने र स्वास्थ्यको हिसावले पनि एकदमै उत्तम माध्याम भएकाले यसका लागि कार्यपालिकाको बैठकबाट समेत खेलमैदान निर्माणका लागि बजेट छुट्याउन पहल थाल्ने अध्यक्ष भण्डारीले बताए ।

राजपुरको खेलकुद विकासका लागि युवाहरुलाई दक्ष प्रशिक्षकको ब्यबस्था गरि तालीम समेत दिने बताए । यस अघि दाङको राजपुर नाका क्षेत्रमा खेलकुद महोत्सव भएको थिएन् । साथै महत्सवको तयारी पुरा भईसकेको उनले बताए ।

प्रतिकृया

प्रतिकृया