घोराही
१९ मंसिर/
दाङबाट सरुवा भएर गोर्खा जान लागेका प्रमुख जिल्ला अधिकारी गजेन्द्रबहादुर श्रेष्ठले आफ्नो १७ महिने कार्यकाल सफल भएको दावी गरेका छन । प्रमुख जिल्ला अधिकारी श्रेष्ठले आज पत्रकार सम्मेलन गरी दाङ बसाईको क्रममा सबैको सहयोगले आफु सफल भएको दावी गरेका हुन ।

आफुले केही नयाँ र रचनात्मक कार्यहरुको जग वसालेको भन्दै प्रशासनिक क्षेत्रका सुधार गर्दा सबैले सहयोग गरेको भन्दै धन्यवाद समेत दिएका छन । कार्यालयमा सेवा प्रबाहलाई चुस्त बनाउदै विचौलियाको कामलाई समेत रोकेको उनको भनाई छ ।


                                                         ADVERTISEMENT
 


ADVERTISEMENT

  




कार्यालय परिसर सुर्तीजन्य बस्तुहरु लग्नमा रोक लगाएको, सिसि टिभीबाट काममा चुस्तता र छिटो छरितो बनाईएको र कार्यालयको केही संरचनाहरुलाई मर्मत गरिनुका साथै परिसरलाई फुलैफुलले सुन्दरता ल्याएको उनले बताएका छन ।

सेवाग्राहीलाई लक्षित गरेर शनिवार पनि जिल्ला प्रशासन खुला गर्ने कार्य सुरुवातदेखी विकट गाँउहरुमा घुम्ति शिवीर लैजाने काम गरेर नागरिकहरुमा सहजता ल्याएको पनि उल्लेख गरेका छन।

नेपाल पत्रकार महासंघ दाङका अध्यक्ष सविन प्रियासनले प्रमुख जिल्ला अधिकारी श्रेष्ठले प्रशासनिक र कार्यालय परिसर क्षेत्रमा नयाँ कार्यको सुरुवात गर्दै जग वसालेको भन्दै प्रशंसा गरेका छन । अब दाङमा नयाँ प्रमुख जिल्ला अधिकारीकोरुपमा रौतहटवाट गोविन्द रिजाल आउदै छन ।

प्रतिकृया

प्रतिकृया