टेकबहादुर पुन, लमही
२९-मंसिर /  दाङको बिकट क्षेत्र राजपुरमा पहिलो पटक खेलकुद महोत्सव सुरु भएको छ ।‘राष्ट्रका लागि खेल, स्वास्थ्यका लागि खेल’ भन्ने मूल नाराका साथ राजपुर गाउँपालिका वडा नं. ५ मा शनिबार देखि पाँच दिने खेलकुद महोत्सव सुरु भएको हो ।

राजपुर गाउँपालिका तथा राजपुर गाउँपालिका वडा नम्बर ५ एवं आरएस स्पोट्र्स म्यानेजमेन्ट सर्भिस प्रा.लिको संयुक्त आयोजनामा भएको महोत्सवमा भलिबल, क्रिकेट, फूटवललगायतका अन्य खेल हुनेछन् ।

गाउँपालिका स्तरीय खेल अन्तर्गत भलिबलमा ८ टिम, फुटबलमा १६ टिम र क्रिकेटमा ६ वटा टिमले सहभागित जनाएका छन् । यी तीनवटै खेल एकैसाथ सञ्चालन भईरहेको खेल संयोजक राजबिर सिँहले जानकारी दिए । खेलपनि समृद्धिका आधार भएकाले बिकट गाउँपालिकामा खेलको विकास गर्न महोत्सव आयोजना गरिएको गाउँपालिका अध्यक्ष लोकराज केसीले बताए ।


ADVERTISEMENT

  




उनले यस क्षेत्रका खेलाडीलाई अन्तर्राष्ट्रिय स्तरमा पु-याउने लक्ष्य रहेको बताए । खेलका लागि गाउँपालिकाबाट २ लाख रकम बिनियोजन गरिएको उनले बताए ।

राजपुर गाउँपालिका वडा ५का वडाअध्यक्ष नरेन्द्रसिँह भण्डारीको अध्यक्षता तथा गाउँपालिका प्रमुख लोकराज केसीको प्रमुख आतिथ्य एबम उपप्रमुख धनपति यादबको विशिष्ट आतिथ्यमा महोत्सवको उद्घाटन गरिएको हो ।

प्रतिकृया

प्रतिकृया