रोेल्पा,
२३-पुस /  रोेल्पाको लुग्री गाउँपालिका – ३ जुतुडखोलामा बस दुर्घटनामा परि २ जनाको मृत्यु भएकोे छ ।

आसिर्वाद यातायात प्रालीको बा १ ख ५५२१ नम्वरको बस दुर्घटनामा परेको हो ।

दुर्घटनामा परी लुग्रि गाउँपालीका, ३ जुतुङ निवासी ११ महिनाका वालक नितेश विक र २४ वर्षिय चालक नवराज आलेको मृत्यु भएकोे हो ।


ADVERTISEMENT

  



स्वर्गद्धारा नगरपालीका, ५ सारी निवासी आलेलाई उपचारका लागी हस्पिटल लैजादै गर्दा बाटो मै ज्यान गएको इलाका प्रहरी कार्यालय सुलिचारले बताएको छ । सुलिचौर वाट लुग्रि गाउँपालीकाको जुतुङखोला जाँदै गरेको बस दुर्घटनामा परेको स्थानिय बासिले बताए ।

बस सडक बाट करिव ५० मिटर तल खसेको अनुमान गरिएको छ । उकालो घुम्ति बाटोमा गाडिको टायस चिफ्लीयर तान्न नसके पछि बस व्याक सरेर दुर्घटना भएको प्रत्यक्ष दर्सी अनिल जिसीले जानकारी दिए छ ।

बसमा ३० जना सवार रहेको बताइएको छ दुर्घटनामा परि २१ जना सामान्य घाइते भएका छन भने २ जनाको अवस्था गम्भिर रहेको छ । दुर्घटनामा परेका सवैको अहिले सम्म उद्धार गरि सकिएको छ ।

प्रतिकृया

प्रतिकृया