दिप्तीशिखा चौधरी, दङ्गीशरण
२४ पुस/ प्रदेशसभा सदस्य उत्तर कुमार वलीले बिद्यालयमा राजनीति छिरेपछि बिद्यालयको हवीगती बिग्रीएको बताएका छन् ।

पार्टी र शैक्षीक सस्थामा चरम गुटबन्दी भएका कारण शैक्षीक सस्था अगाडि बढ्न नसकेको उनले बताए ।बिद्यालयको शैक्षीक स्थिती खस्किनु मूल कारण राजनीति भएको बताए ।

दङ्गीशरण गाउँपालिका वडा न.६ मा रहेको सिद्ध पृथ्वी जनता क्याम्पसको १३ औँ साधारण सभाको उद्घाटन कार्यक्रममा उनले यस्तो बताएका हुन् । सांसद वलीले बिगतमा गरेका कमी कमजोरी आत्मसाथ र समिक्षा   गर्नुपर्ने तर विद्यार्थी माथीको भबिस्य खेलवाड गर्न नपाईने बताए ।


ADVERTISEMENT

  



बिगतमा बिद्यालयका तदर्थ समितीले गरेको लापरवाहिले यस्तो अबस्था सिर्जना भएको र गैर जिम्मेवारपूर्ण ढङ्गले क्याम्पसका बिरुद्धमा बोलेका कारण पश्चिम भेगका सबै विद्यार्थीहरु अध्ययनका लागि बाहिर जानुपर्ने बाध्यता भएको बताए ।

राजनीतिक तरीकाले नभई स्वच्छ मनले अगाडि बढ्न क्याम्पस समितीका पदाधिकारीहरु, शिक्षकहरुलाई आग्रह गरे । उनले भने – “हचुवाको भरमा बिद्यालय संचालन भईरहेको देखेर चिन्तीत छु म त्यसैले बिचारमा आबद्ध हुनैपर्छ ।

राजनीती गर्नुछ भने झन्डा पकडेर मैदानमा र्ओलीनुस् तर शिक्षा दिने र पढाउँने ठाउँमा राजनीति गरेर आफनो र विद्यार्थीको जिवन बर्बाद नपार्नुस् । जुन वर्गलाई माथी उठाएर देश समृद्धि तीर जाने हो त्यो बर्ग उठेन ,विश्व शिक्षाका कुरमा सिस्टममा अगाडि गईरहेको छ । तर नेपालका सरकारी बिद्यालयलाई राजनीति गर्न ठिक्क छ । राम्रो जनशक्ती उत्पादनमा सरकारी बिद्यालयहरुको भूमीका हुनुपर्छ ।

शिक्षीत वर्गासंग जुध्न नसकेकाले सामुदायीक बिद्यालयहरु रित्तिनु परेको हो । ” बिद्यालयलाई केन्द्र बिन्दुका आधारमा राखेर ९ कक्षाबाट बिषयगत शीक्षण गर्न सकिने गरी विद्यार्थी उत्पादन गरी प्रोसेसका आधारमा सम्बेदानशिल तरीकाले अगाडि बढ्न क्याम्पस समितीलाई आग्रह गरे ।

बिद्यालय रीत्तीदा पनि आफुलाई कुनै कुराको जानकारी नदीएको प्रती दुख ब्यक्त गर्दै अबका दिनमा नैतीकताका आधारमा यस बिद्यालयलाई प्राथमीक्तामा राख्ने र सहयोग गर्ने बताए ।

सो अबसरमा दङ्गीशरण गाउँपालिकाका अध्यक्ष भागिराम चौधरीले बिद्यालयको भौतीक पूर्वाधार बिकाशका लागि स्थानीय तह बाट गर्नसक्ने सहयोग लाई निरन्तरता दिने बताएका छन् ।

उनले बहसलाई नभएर काम लाई अगाडि बढाउनुपर्ने समय भएको भन्दै दङ्गीशरणका सामुदायीक बिद्यालयलाई माथी उकास्न स्थानीय तहले प्रबिधीक तथा आर्थीक रुपमा गर्नुपर्ने पहल कदमीलाई नरोक्ने बताए ।

कार्यक्रममा माननीय सांसद धमकली चौधरी, गाउँपालीकाका उपाध्यक्ष पिमा कुमारी खड्का, निमीक्त प्रद्यानाध्यापक श्रीधर शर्मा , सस्थापक अध्यक्ष धर्मनाथ यौगी लगाएतले बोलेका थिए ।

क्यामपस संचालक समितीका सयोंजक विनोद कुमार राणा को अध्यक्षता एंव सांसद उत्तर कुमार वली को प्रमूख आतीथ्यता तथा सासंद धमकली चौधरीको बिशीष्ट आतीथ्यतामा कार्यक्रम भएको हो ।

तदर्थ समितीका सदस्य पिमलाल वली को स्वागत मन्तब्य बाट शुरु भएको कार्यक्रमको शहजीकरण क्याम्पस प्रमूख गुरु प्रशाद गौतमले गरेका थिए ।

साथै साधारण सभा पछि भएको बन्द शत्रबाट क्याम्पसको बिकाश तथा संचालनका लागि विनोद कुमार राणाको अध्यक्षतामा १५ सदस्यीय संचालक समिती गठन गरेको छ । जसको उपाध्यक्षमा बिर बहादुर वली,कोषाध्यक्षमा महेश थापा रहेका छन ।

प्रतिकृया

प्रतिकृया