सन्तोष शर्मा, होलेरी
२४-पुस /  रोल्पाको त्रिबेणी गाउँपालिका वडा नं. ४ निगालपानीमा रहेको एक उद्योगमा राखिएको मेसिन पड्किदा एक जनाको घटनास्थलमै मृत्युभएको छ भने  ३ जना गम्भीर घाइते भएका छन ।

पुराना कपडा पेलेर सिरक, डसना लगायत अन्य कपडा तयार गर्न प्रयोग गरिने मेसिन पड्किएर र्दिया घर भई हाल व्यपारका लागी रोल्पा बस्दै आएका २८ वर्षीया जयकृष्ण न्यौपानेको मृत्यु भएको हो  भने बर्दियाकै विष्णुचन्द्र चौलागाई, कैलालीका जनक न्यौपाने र त्रिबेणी ६ वस्ने धनबहादुर पुन गम्भीर घाइते भएको इलाका प्रहरी कार्यालय होलेरीले जानकारी दिएको छ ।

घाइतेहरुलाई राप्ती अञ्चल अस्पताल तुलसीपुरमा सामान्य उपचार पछि थप उपचारका लागि कोहलपुर लगिएको त्रिवेणी गाउँपालिका वडा नं. ४ का वडा सदस्य प्रेमबहादुर बुढामगरले जानकारी दिए ।


ADVERTISEMENT

  



उद्योगलाई मंगलबार उद्घाटन गर्न भनि ‘अन’ गर्न बित्तिकै पड्किएको थियो ।

मृतक न्यौपाने र घाइते चौला मेसिन नजीकै रहेको र घाइते पुन भने पसल बाहिर रहेको कल्पना होटेलका सचालक अरुण वि.सीले जानकारी दिए । मृतक र घाइते दुबैजना केहि वर्ष यता रोल्पाका विभीन्न गाउँहरुमा पुगेर कपडा बेच्ने गरेको र भर्खरै मात्र उधोग संचालन गर्न थालेको बुझिएको छ ।

मृतकको शव पोष्टमार्टमका लागी प्राथमिक स्वास्थ्य केन्द्र होलेरीमा राखिएको छ ।

प्रतिकृया

प्रतिकृया