घोराही
२५  पुस /
दाङमा ट्याक्टर दुर्घटना हुदा चालकको मृत्यु भएको छ ।

घोराही उपमहानगरपालिका–४ लक्ष्मीपुर स्थित सवारी कोटबाट लक्ष्मीपुर तर्फ दाउरा ल्याएर आउदै गर्दा रा १ त १२४५ नम्बरको ट्याक्टर दुर्घटनामा परेको हो ।

दुर्घटनामापरी ट्याक्टर चालक प्युठान नौबहीनी गाउँपालिका स्याउलिवाङ निवासी २२ बर्षिय रामु बुढामगरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । शव पोष्ट मार्टमको लागी राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा राखिएको छ ।

प्रतिकृया

प्रतिकृया


ADVERTISEMENT