तुलसीपुर
२५ पुस/ तुलसीपुरको ‘ग’ लाईन र बसपार्क देखि बिरेन्द्र चोक आउने उकालोमा ट्राफिक ब्यबस्थापनमा चुनौती रहेको छ ।

ट्राफिक प्रहरी कार्यालय तुलसीपुरका प्रमुख चन्द्रबहादुर केसीका अनुसार ‘ग’ लाईनमा स्वास्थ्य संस्थाहरु धेरै भएको, उपमहानगरपालिका कार्यालय पनि भएकाले सेवाग्राहीको आवत जावत हुने गरेकाले सवारीको चाप निकै हुने गरेको बताए ।

त्यसले गर्दा ट्राफिक ब्यबस्थापनमा चुनौती थपिएको उनको भनाई छ ।त्यस्तै बसपार्कबाट गाडिहरु बीरेन्द्र चोक तर्फ आउने ‘वान वे’ उकालो नेर पनि सवारीको भीडभाड हुने भएकाले दुुर्घटनाको जोखिम हुने गरेको प्रमुख केसीले बताए ।


ADVERTISEMENT

  



‘ त्यहाँनेर ठूला ठूला गाडिहरु पार्किङ गरिएको हुन्छन्,’ उनले भने‘त्यसले सवारी आवतजावतमा समस्या हुने गर्छ ।यस बिषयमा पटक पटक तुलसीपुर उपमहानगरपालिकालाई जानकारी गराएको समेत उनले बताए ।

प्रतिकृया

प्रतिकृया