तुलसीपुर,
२६-पुस / पूर्व राष्ट्रपति डा. रामवरण यादवले आफु चिकित्सा क्षेत्रमा फर्कने भनि आएका समाचार गलत भएको बताएका छन् ।

दाङको तुलसीपुर बिमानस्थलमा बिहीबार पत्रकारहरुसंग कुरागर्दै पूर्व राष्ट्रपति डा.यादवले आफुलाई पुन : चिकित्सा क्षेत्रमा फर्कने भनी आएका समाचार गलत भएको बताए ।

‘पत्रकारले जति बोलेको हो, त्यतिमात्रै लेख्नु पर्छ’ उनले भने ‘ तर बोलेको भन्दा बढि लेखेकै कारण यस्तो समाचार बाहिर आएको हो ।’


ADVERTISEMENT

  



काठमाडौंको एक सहकारी अस्पतालको बार्षिक साधारणसभामा आफुले सरकारी अस्पतालमा जान मिल्ने भएपनि आफ्नो उमेरको कारणले जान नसक्ने कुरा बोलेको भएपनि त्यसलाई पत्रकारले ठूलो बनाएर समाचार प्रकाशन गरेको भन्दै असन्तुष्ट पनि ब्यक्त गरे ।

‘ मैले नाफामुलक कुनै पनि अस्पतालमा काम गर्न मिल्दैन्, तर सरकारी अस्पतालमा काम गर्न मिलेपनि ७७ बर्ष भईसके त्यसैले म क्रियाशिल हुन सक्दिना’उनले भने ।

राष्ट्रपतिबाट सन्यास लिएको तीन बर्ष भएको भन्दै आफुले मुलुकलाई समृद्धिको मार्गमा बिषयमा भूमिका निर्वाह गर्ने बताए । रिपार्टस् क्लब दाङको आयोजनामा भएको पत्रकार सम्मेलनमा उनले यस्तो बताए । अध्यक्ष शरद रेग्मीको अध्यक्षतामा पत्रकार सम्मेलन भएको हो ।

प्रतिकृया

प्रतिकृया