तुलसीपुर
२६ पुस /दाङ घोराही उपमहानगरपलिका वडा नं. ३ बेलुवामा रहेको रात्री आधारभूत बिद्यालयमा काठमाडौंबाट सहयोग आएको छ । एक पटक बन्द भएको बिद्यालयलाई महिलाहरुले मात्रै पुनः सञ्चालनमा ल्याएको समाचार पढेपछि काठमाडौंको ‘स्माल हेभन स्कुल’ का प्राचार्य श्याम श्रेष्ठले दाङ आएर उक्त बिद्यालयमा सहयोग गरेका हुन् ।

सञ्चार माध्याममा पढेपछि एकपटक बन्द भएको बिद्यालयलाई महिलाहरुको सक्रियतामा सञ्चालनमा ल्याउनु उदाहरणीय कार्य भएको भन्दै यसमा सबैले साथ दिनुपर्ने मान्यता सहित सहयोग गरेको उनले बताए ।

उनले बिद्यालयमा बाल विकास देखि कक्षा ३ सम्म अध्ययनरत ५४ जना बिद्यार्थीहरुलाई ज्याकटे, बिद्यालय पोशाक, एक÷एक दर्जन कपी र पेन्सिल गरि एक एक लाख बराबरको सामाग्री सहयोग गरेको हो । उनी सहयोगका लागि काठमाडौंबाट आज सोही बिद्यालय पुगेर सहयोग हस्तान्तरण गरेका हुन् ।


ADVERTISEMENT

  



बिद्यालयलाई पुनः सञ्चालनमा ल्याएर गरिब तथा बिपन्न परिवारलाई शिक्षादिक्षा दिन सफल भएको भन्दै आउँदा दिनमा पनि सहयोग गर्ने समेत प्रतिबद्धता जनाए ।

त्यस अवसरमा बिद्यालयका प्रधानाध्यापक छमा पराजुलीले यस्तै सहयोगीदाताहरुको साथ र सहयोगकै कारण बिद्यालयलाई सहजै पुनः सञ्चालनमा ल्याएको बताईन् । यस बिद्यालयलाई यो भन्दा अघि पनि धेरै संघसंस्थाले सहयोग गरेकै कारण प्रभाबकारी रुपमा सञ्चालन गर्न सफल भएको उनले बताईन् ।

बिद्यार्थीको अभाब भएको भन्दै २०७२ सालमा बन्द भएको उक्त बिद्यालयलाई ४ जना शिक्षिकाको सक्रियतामा पुनः सञ्चालनमा ल्याईएको हो । बिद्यालय व्यबस्थापन समितिमा पनि सबै महिला मात्रै छन् ।

प्रतिकृया

प्रतिकृया