दशरथ घिमिरे,देउखुरी
२७ पुस/ क्रियटिङ्ग पोसिविलिटिज नेपालले देउखुरीका पूर्वकमैया, कमलहरी, गरिब, बिपन्‍नका छोरा छोरीलाई साईकल उपहार प्रदान गरेको छ ।

माघी पर्वको उपलक्ष्यमा ७० जना स्कुले विद्यार्थीलाई साइकल उपहार दिइएको क्रियटिङ्ग पोसिविलिटिज नेपालका निर्देशक दिनेश सापकोटाले बताए ।

सन २०१२ देखि विद्यालयमा भर्ना भएका मुक्त कमलहरी वालिकालाई साइकल प्रदान गर्न थालिएको हो । अहिले सम्म ४ सय ४९ जनालाई साइकल उपहारमा दिइएको छ ।

क्रियटिङ्ग पोसिविलिटिज नेपालका अध्यक्ष किरण मानन्धरको अध्यक्षता एवम् गढवा गाउँपालिकाका अध्यक्ष शहजराम यादवको प्रमुख आतिथ्यमा साईकल उपहार प्रदान गरिएको हो । साईकल उपहार आएपछी विद्यार्थीहरु खुसी भएका छन् । साढे ५ लाखको लगानीमा साईकल उपलब्ध गराइएको छ ।

प्रतिकृया

प्रतिकृया