मनिषा राई 
रोल्पा
२८ पुस / रोल्पामा ट्याक्टर दुर्घटना भएको छ । शुक्रबार बिहान करिव १० बजे परिवर्तन गाउपालिका ६ कर्तम रोल्पाबाट इरिवाङ बागमारा आउदै गरेको ना ४ त ५३८४ नं. ट्याक्टर ओरालोमा ब्रेकफेल भई दुर्घटनामा परेको हो ।

दुर्घटनामा परि परिवर्तन गाउपालिका ६ कर्तमका बर्ष १९ का टोपेन्द्र घर्ती सहचालकको मृत्यु भएको छ । घर्ती दुर्घटनामा परि घाइते भएका थिए । उनलाई उपचारकालागि लैजादै गर्दा बाटोमै मृत्यु भएको इलाका प्रहरी कार्यलय घर्तीगाउ रोल्पाले जनाएको छ ।

मृतकलाई पोष्टमार्टमको लािग जिल्ला अस्पताल रेउघा लगिएको छ । ट्याक्टर सडकबाट करिव २० मिटर तल खसेको थियो ।


ADVERTISEMENT

 



प्रतिकृया

प्रतिकृया