तुलसीपुर,
२८ पुस /
प्रदेश नं. ५ का लेखासमिति संयोजक डिल्लीबहादुर चौधरीले जेसिज सक्षम नेतृत्वकर्ता उत्पादन गर्ने थलो भएको बताएका छन् । शनिबार भएको तुलसीपुर नगर जेसिजको पदहस्तान्तरण तथा पुरस्कार बितरण कार्यक्रमलाई सम्बोधन गर्दै उनले आफु पनि जेसिजबाटै आएको भन्दै जेसिजले नेतृत्व गर्ने क्षमता अभिबृद्धि गर्ने थलोको रुपमा पुष्टि भईसकेको बताए ।

निवर्तमान अध्यक्ष दिपेश भण्डारीको अध्यक्षतामा भएको कार्यक्रममा जेसिजले आर्थिक, सांस्कृतिक तथा समाजिक बिकासमा पनि महत्वपूर्ण भूमिका निर्वाह गरेको बताए । आउँदा दिनमा पनि जेसिजको यो छबिलाई जोगाई राख्नु पर्ने समेत उनको भनाई थियो । साथै उनले जेसिजलाई राजनीतिक, धार्मिक, जातिय मान्यताबाट टाढा राखेर स्वच्छ छबि भएको संस्थाका रुपमा स्थापीत गर्न आबश्यक रहेको समेत बताए ।

बर्ष २०१९ को लागि मेघराज घिमिरेको नयाँ कार्यसमितिलाई पद हस्तान्तरण गरिएको हो । निवर्तमान कार्यकारी उपाध्यक्ष मानबहादुर बस्नेतले स्वागत मन्तब्य ब्यक्त गरेको कार्यक्रममा जेसिजका राष्ट्रिय उपाध्यक्ष लालमनी भण्डारी, पूर्बअध्यक्ष सुर्यप्रसाद शर्मा, पूर्बअध्यक्ष झरेन्द्र खरेल, पूर्ब तलसीपुर जेसिजका सचिब तथा तुलसीपुर उपमहानगरपापिलका वडा नं. ६ का अध्यक्ष नवराज लामिछानेलगायतले मन्तब्य ब्यक्त गरेका थिए ।


ADVERTISEMENT

  



त्यस अवसरमा बेष्ट जेसिज अवार्ड एकराज भण्डारी, बेष्ट सहभागिता अवार्ड मोहन स्वर्र्णकार,, मोटिभेसनल वडार्ड मानबहादुर बस्नेतलगायतलाई सम्मान प्रदान गरिएको थियो ।

त्यस्तै शिक्षा क्षेत्रमा महत्वपूर्ण योग्दान पु¥याएको भन्दै बिजय जिएम, खेलकुलमा योग्दान पु¥याएको भन्दै सुधीर गुरुङ, बेष्ट युवा पुरस्कार शिशिर रावतलाई प्रदान गरिएको हो । कार्यक्रम संयोजक मदन गौतमले स्वागत मन्तब्य ब्यक्त गरेका थिए , भने सहजीकरण पूर्बमहासचिब नारायण भट्टराईले गरेका थिए ।

प्रतिकृया

प्रतिकृया