तुलसीपुर उपमहानगरपालिकाले माघ १० बाट मेयर कप सञ्चालन गर्दैछ । देश संघीयतामा गइसकेपछि तुलसीपुर उपमहानगरपालिकाले देशकै पहिलो पटक स्थानीय तहस्तरीय पुरुष तथा महिला भलिवल प्रतियोगिताको आयोजना गर्न लागेको छ । साथै प्रतियोगितामा प्रथम, द्धितिय र तृतिय हुनेलाई क्रमशः ७५ हजार, ५० हजार , ३० हजार समेत राखिएको छ । समुह दर्ताको काम जारी छ । माघ ७ गतेसम्म समुह दर्ता गर्न सकिने छ । यही खेलको तयारीका बिषयमा उपमहानगरपालिकाका कार्यपालिका सदस्य तथा खेलकुद समिति संयोजक अमर नेपाली ‘माइकल’संग तुलसीपुर अनलाईनका लागि हामीले कुराकानी गरेका छौं । –सम्पादक

मेयर कपको तयारी के छ ?
तयारी तिब्र पारेका छौं । हामीले सबै स्थानीय तहलाई पत्र पनि पठाई सकेका छौं ।उक्त खेलमा सहभागि हुन पनि खेलाडीहरुलाई अनुरोध गर्छौ । खेलाडीहरुले अहिले समुहदर्ता गराउने क्रम पनि जारी छ ।

मेयर कपको उद्देश्य के हो ?


ADVERTISEMENT

 



हामीले दाङ तुलसीपुरको खेलकुद क्षेत्रको बिकास गर्ने नै मुख्य उद्देश्य हो । राम्रा राम्रा प्रतिभाहरु दाङमा छन् । तर ति प्रतिभाहरुले स्थान पाउन सकेको अबस्था छैन् । त्यसैले हामीले राम्रा खेलाडीहरुलाई राष्ट्रिय तथा अन्तर्राष्टिय स्तरमा पु¥यानका लागि पनि हाम्रो मेयर कपको उद्देश्य हो । अर्को तर्फै हामीले दाङको खेलकुदसंगै पूर्बाधारको पनि बिकास गर्नु छ । त्यसका लागि पनि यसले मद्दत पु¥याउछ ।

मेयर कपलाई कसरी अगाडि बढाउने सोँच्नुभएको छ ?
हामीले प्रत्येक बर्ष फरक फरक खेल आयोजना गर्दै आएका छौ्रं । गत बर्ष हामीले बीचगेम भलिबल प्रतियोगिता आयोजना गरेका थियौं । जसमा केटा र केटीको फरक फरक खेल थियो । गत बर्ष तुलसीपुर उपमहानगरपालिकाको वडास्तरीय थियो । जुन खेल दाङ तुलसीपुर १२ को बबई नदीमा भएको थियो । जसले खेलको बिकास संगै त्यस क्षेत्रको पर्यटनको बिकासमा पनि केही रुपमा टेवा पुगेको थियो । त्यस्तै गत बर्ष नै वडा स्तरीय फुटबल प्रतियोगिताको आयोजना पनि गरिसकेका छौं । यस बर्ष जिल्ला स्तरीय भलिवल प्रतियोगिता आयोजना गरेका छौं । जसमा महिला र पुरुषबीच फरक फरक खेल हुनेछ । यसले दाङको भलिबल खेलको बिकास हुने छ र तुलसीपुरको हाम्रो खेलकुदको स्तर के हो भन्ने कुरा स्पस्ट हुनेछ । यी खेलबाट हामीले पाठ सिकेर हामीले आउदा दिनमा खेलकुदको स्तरबृद्धि गर्ने लाग्ने छौ, यो हाम्रो प्रतिबद्धता हो ।

तुलसीपुरमा खेल क्षेत्रलाई अघि बढाउने खालका संरचनाहरु पर्याप्त छन् की छैनन् ?
खेलकूद संरचना बिकासको क्रममै छन् । बेलझुण्डीमा फुटबल रंगशाला निर्माण भईरहेको छ । जहाँ राष्ट्रिय फुटबल प्रतियोगिता आयोजना हुनेछ । त्यस्तै दाङको तुलसीपुरमा करातेको भेन्यू निर्माण भईरहेको छ । तुलसीपुर अरणीको मैदानमा पनि बिभिन्न खेलकुद प्रतियोगिता हुने गरेका छन् । हमी जनप्रतिनिधि आएको एक बर्ष भयो । अब हामीले आबश्यकता अनुसार खेलकुदको संरचना निर्माण गर्ने छौं । साथै हामीले उक्तसंरचनाहरु पनि निर्माण गर्नेछौ ं । साथै हामीले तुलसीपुरको उपमहानगरपालिका भित्र रहेका खेलकुदको जग्गा संरक्षण गर्ने र उक्त जग्गामा खेलकुदका संरचना निर्माण गर्ने योजनामा छौं ।

यस क्षेत्रको खेलको बिकासका लागि के गर्नुपर्ला ?
यस क्षेत्रको खेलकुदको बिकासका लागि नै हामीले प्रत्येक बर्ष मेयरकप फुटबल प्रतियोगिताको आयोजना गर्ने गरेका छा्रैं । नियमितजसो सरकारीस्तरबाट आयोजना हुने खेलकुद प्रतियोगिताले पनि खेल क्षेत्रको बिकासका लागि टेवा पु¥याईरहेका हुन्छन् । खेल नियमित खेल्नुपर्छ,भन्ने ‘टे«ेन’ प्रदा हुने गर्छ । त्यसैले नियमित खेलकुदको आयोजना र खेलकुदका संरचना निर्माण गर्नुपर्छ, र हामीले त्यही अनुसार कामहरु अगाडि बढाएका छौं । हामी सबै वडामा खेलकुद रंगशाला निर्माण गर्ने योजनामा छौं । वडा कपको रुपमा पनि खेलको आयोजना गरिरहेका छौं । टोल तथा क्लबहरुले पनि हामीले चालेको अभियानमा साथ दिनुभएको छ । आगामी दिनहरुमा सम्पूर्ण खेलकुदको आयोजना गरि हाम्रो अभियानमा साथ दिनुहुनेछ, भन्ने कुरामा बिस्वस्त छौं ।

खेलको बिकासका आबश्यकताहरु के हुन् ?
खेल स्वास्थ्य र राष्ट्रका लागि एउटा पहिचान पनि हो । र शारिरीक तथा मानसिक रुपमा पनि एकदमै उपयोगी हुन्छ । स्वस्थ, फुर्तिलो बनाउन खेलले मद्दत पु¥याउछ । यो मात्रै होईन्, खेल नै चिनारी र बिकास तथा समृद्धिको आधार हो । हामीले तुलसीपुरबाट राष्ट्रिय तथा अन्तराष्ट्रिय खेलाडीहरु उत्पादन गर्न सक्यौ भने मात्रै पनि यस क्षेत्रको बिकासमा निकै टेवा पुग्ने छ, त्यस कारण हामी अहोरात्र खटेर योजना बनाईरहेका छौं । साथै खेलकुद भित्र रहेको बिकृति, बिसंगतिलाई अन्त्य गर्दै नयाँ ढंगले खेलको बिकासका लागि अहोरात्र लागिपरेका छौं ।

खेलसंयोजक भएको नाताले तपाईका योजना के के छन् ?
यस क्षेत्रको खेलकुदको बिकास नै मुख्य योजना हो । जसरी हुन्छ, यहाँको खेलकुदको बिकास गर्नेमै मेरो ध्यान केन्द्रित छ, किनकी म पनि खेल क्षेत्रबाटै आएको हुँ । म भलिबलको राष्ट्रिय खेलाडी हुँ । त्यसैले पनि म जसरी हुन्छ, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका खेलाडी उत्पादन गर्ने लक्ष्यका साथ अघि बढेको छु । हामीले खेलक्षेत्रकै माध्यामबाट बेरोजगार युवायुबतीहरुलाई खेलकै माध्यामबाट स्वरोजगार बनाउने योजनाका साथ अघि बढेका छौं । खेललाई ब्यबसायीक बनाउनु पर्छ । खेलाडीलाई ब्यबसायीक बनाउने र बेरोजगारीको संख्या घटाउने मेरो लक्ष्य छ । अर्को तर्फ हामीले खेल क्षेत्रमा देशकै नमुना उपमहानगरपालिका बनाउने योजना बनाएका छौं । साथै सबै बिद्यालयमा खेलकुदको मैदान निर्माणका लागि पहल गर्ने छौं । यसले पनि बिद्यार्थी जीवनबाटै खेलक्षेत्रमा लगाब बढ्छ ।

बर्षमा एक पटक मेयर कप आयोजना गर्दैमा खेलको बिकास होला ?
हामीले बर्षमा एक पटक आयोजना गर्ने खेल भनेको एउटा सञ्देश दिन हो । हामीले आयोजना गरेको खेलबाट पाठ सिक्न र नियमित खेल खेल्न अभ्यास दिलाउन सक्यौ भनेपनि खेलक्षेत्रले धेरै फड्को मार्छ । हामीले यो संगै पूर्बाधार निर्माणलाई पनि तिब्रता दिईरहेका छौं ।

गतबर्ष पनि मेयर कप भएको थियो, जनप्रतिनिधि आएपछि खेलको बिकास भएको अनुभुती गर्नुभएको छ ?
धेरै बिकास भएका छन् । वडावडामा खेलकुद मैदान निर्माणका काम शुरु भएका छन् । खेलका लागि बजेटहरु पनि परेका छन् ।

पाँच बर्षमा खेललाई कुन स्थानमा पु¥याउनु हुन्छ ?
खेल नै समृद्धिको आधार हो, भन्ने कुरालाई प्रमाणि गरेर देखाउने हाम्रो लक्ष्य छ र त्यसमा म संस्थागत तथा ब्यक्तिगत रुपमा पनि लागिरहेको छु ।

अन्तमा केही भन्नुछ ?
सर्बप्रथम उपमहानगरपालिको खेल क्षेत्रका केही कुराहरु राख्न दिएकोमा अनलाईन परिवारलाई धन्यवाद । तुलसीपुरलाई ‘स्पोर्ट सिटी’ बनाईसकेको अबस्थामा यहाँका खेलाडीलाई राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरमा पु¥याउन हामी बिचमा चुनौतीहरु छन् । ति चुनौतीहरुलाई पार गरेर अगाडि बढिरहेका छौं । हामीले जसरी हुन्छ, यहाँको खेल र खेलाडीको बिकासका लागि अहोरात्र खटिरहेका छौं । सोही अनुसार जिल्ला स्तरीय खेलको आयोजना पनि गरिएको हो । उक्त खेलमा सहभागि भईदिन पनि सबै दाङबासीलाई अनुरोध पनि गर्दछु ।

प्रतिकृया

प्रतिकृया