ध्रुवराज न्यौपाने ( डि.आर.एन )
स्कुले जिवन मा क्यान्टिनमा खाता नभएकाहरु विरलै होलान । विद्यालय परीसर भित्र रहेको होटेलमा मध्यान्तरको समयमा गएर खोसाखोस गरी खाजा खाएर खातामा लेख्दिनु है भनि या ता आफै त्यो कापिमा लेखिएको आफ्नो नाम खोजी प्रत्येक दिन आफुले खाजा खाए बरावरको रुपैया सायद मैले मात्र लेखिन होला ।

आफुले पढेको विद्यालयको सम्झना संगै क्यान्टिनमा बनाईएको खाताको पनि उतिकै सम्झना आएर यो आलेख लेख्न मन लाग्यो । आजभोली पनि मैले देखिरहेको छु कि विभिन्न विद्यालयमा पढ्ने विद्यार्थीहरुले आफ्नो स्कुलको क्यान्टिनमा खाता बनाएका हुन्छन् ।

उनीहरु मध्यान्तरको समयमा दैनिकजसो त्यहि क्यान्टिनमा जान्छन,आफुलाई मन पर्ने नास्ता खान्छन् र त्यहि आफ्नो खातामा टिपाएर कक्षाकोठा जाने गर्छन् ।


ADVERTISEMENT

  



यो त विद्यार्थीको कुरा भयो विद्यार्थी संगै विभिन्न संघसस्थामा काम गर्ने कर्मचारी,शिक्षक लगायत सबैले आफुले काम गर्ने कार्यालय नजिकै को क्यान्टिनमा एउटा खाता बनाएकै हुन्छन् । उनीहरु पनि त्यसै गर्छन ।

खासगरी विद्यार्थीहरुले पनि दैनिकजसो पैसा लगेर स्कुल नजाने र शिक्षक,कर्मचारीहरुले पनि आफ्नो तलव बुझेपछि मात्र तिर्न मनलाग्ने बानीका कारण विभिन्न क्यान्टिनहरुमा खाता बनाउने प्रचलन व्याप्त रहेको छ । यो क्यान्टिनमा रहेको खाताको छुट्टै खालको महत्व हुने गरेको पाईन्छ ।

एक दिन आफुले काम गर्ने स्कुल को क्यान्टिनमा मध्यान्तरको समयमा खाजा खान गएको थिए । साउनी दिदिले भन्दै हुनुहुन्थ्यो सर छिटो खाएर जानुस फेरी विद्यार्थी सरलाई देखेर आउदैनन् । यो सुन्दा पहिला आफ्नो स्कुले जिवनको कुरा याद आयो । त्यतिवेला पनि हामिले कोहि सरहरु उक्त क्यान्टिनमा वस्नु भएको रहेछ भने त्यहाँ गएर खाजा खान डर लाथ्यो र अन्तै गईन्थ्यो । त्यहि कुराको स्मरण भयो र मैले हुन्छ भने र छिटो छिटो खाएर वाहिर निस्किए ।

वाहिर निस्किएर नजिकैवाट मैले विद्यालयको क्यान्टिनलाई नजिक बाट नियाल्दा पुराका पुरा विगत छर्लङ्ग भयो । विद्यार्थीहरुले पहिला हामि जे गथ्र्यौ त्यहि नै गरीरहेका थिए । कसैले केहि त कसैले केहि खादै थिए । आआफ्नो ईच्छा बमोजिम उनीहरुले खाजा खाईरहेका थिए र खाजा खादै खातामा आफै आफुले खाए बरावरको रकम चढाउदै निस्किरहेका थिए ।

कतिले पैसा तिर्दै थिए । क्यान्टिनकि दिदिलाई मध्यान्तरको समयमा हम्मे हम्मे भएको थियो । नास्ता दिने कि पैसा बुझ्ने कि खातामा टिप्ने । आफुले सबै गर्न नभ्याउने भएका कारण विद्यार्थीलाई मलाई नठग्नु आफ्नो नाम खाजि खातामा टिप भनेर भन्दै हुनुहुन्थ्यो क्यानिटन कि दिदिले । यो देख्दा मलाई क्यान्टिनको त्यो अनुभव नसाटि मनले दिदै दिएन र लेख्न सुरु गरीहाल्य ।

कभर पेज विनाको कापि बाहिर पहेलो पहेलो लागेको र भित्र पट्टि विद्यार्थीहरुका नाम त्यो पनि कसैको निलो पेन ले त भने कसैको पेन्सीलले लेखिएको । त्यहि कापि नै क्यान्टिनको खाता थियो हाम्रो । दैनिक जसो त्यहि खातासंग सम्वन्ध जोड्नु पथ्र्यो रुपैयाको । कहिले दश लेखिन्थ्यो त कहिले पन्ध्र त कहिले विस । यसैगरी चलेका थिए स्कुले जिवन । कति रमाईला थिए ति दिन । विहान सबेरै उठ्यो ।

सरले दिएको गृहकार्य ग¥यो,खाना खायो अनि ड्रेस लगाएर स्कुल गयो । न त कसैको टेन्सन न त अरु केहि नै । त्यस बेला मात्र एउटा कुराको डर हुन्थ्यो । सरले दिएको गृहकार्य नगरेको दिन या त पढ्न दिएको कुरा नपढेको दिन सरको पिटाई खाने डर । त्यो बाहेक संसारमा अरु केहि कुराको पनि डर लागेन । खासमा सबैभन्दा राम्रा र सुनौला दिन नै तिनै रहेछन् ।

सुरुसुरु स्कुल गयो र विदा भएपछि घर आयो । घर आउदा पनि उत्तिकै माया । घर आईपुग्न वित्तिकै पनि खान पाईने । गाउका साथिहरुसंग खेल्न पाईने र आफुले सोचेको जस्तै गर्न पाईने । कसैले आफुले भनेजस्तो गर्दा गाली ग¥यो वा पिट्न खाज्यो भने रोईदिए भईहाल्ने ।

आजभोलिको जस्तो तनावपूर्ण दैनिकी त्यसबेला थिएन । आजभोलि जहाँ गयो त्यहि कुराको टेन्सन हुने । आफुमा जिम्मेवारीपनि थपिएकाले केटाकेटिमा गरेको जस्तो गर्दा पनि नसुहाउने ।

अलि सम्वेदनशिल हुनुपर्ने । बाल्यकालमा भएका साथिहरु जस्ता साथिहरु पनि आजभोलि नभेटिने । कहिलेकाहि आफ्ना स्कुले जिवनका साथिहरुको साह«ै याद आउछ । कति मिलनसार र मायालु थिए साथिहरु र ति दिनहरु । कोहि साथि डाक्टर बनेका छन्,कोहि ईन्जिनियर छन्,कोहि अमेरिका त कोहि अष्ट्रेलिया । कतिले अझै पढ्दै छन् । कति पढाई छाडेर आफ्नै व्यवसायमा छन् ।

कतिले वैंकमा काम गरिरहेका छन् भने कति सरकारीसेवा मा प्रवेश गरी आफ्नो जिम्मेवारी निभाई रहेका छन् । यहि आलेख लेख्दै गर्दा सबै साथिहरुलाई सम्झन पनि चाहान्छु । म संगै ति मेरा सबै साथिहरुको क्यान्टिनमा खाता थियो । कतिले क्यान्टिनको खातामा तिर्न बाकि रहेको पैसा तिरे होलान कतिले नतिरी स्कुलबाट पासवाट भए होलान् ।

कस्तो अचम्म हुन्थ्यो भने स्कुल गईसकेपछि यदि घण्टि लागेको छैन भने पनि एक नजर क्यान्टिन तिर हेर्न मन लाग्ने । आज के बन्दै रहेछ भनेर । त्यतिले पनि पुगेन भने क्यान्टिन भित्र गएर एक नजर लगाएर आउनुपर्ने मन लाग्ने । जव स्कुलमा पढाई सुरु हुन्थ्यो ध्यान दिएरै पढिन्थ्यो ।

जव मध्यान्तर हुन्थ्यो अनि किताव कापि हतार हतार झोलामा राखि साथिहरुलाई लगेर जाने एउटै स्थान हुन्थ्यो क्यान्टिन । सबै साथिहरु संगै जान्थिम । आआफ्नो रोजाई अनुसार खाजा खान्थिम । प्राय जसो चाउमिन,पकौडा,समोसा,छोला यस्तै यस्तै नास्ता बनेको हुन्थ्यो ।

त्यसबेला ति सबै कति मिठो लाग्ने । साथिहरुले ईच्छा बमोजिम खान्थे र म पनि । कहिले के खाइनथ्यो त कहिले के । कुनै दिन त यस्तो पनि हुनथ्यो आफुले खाने चिज र साथिले खाने चिजमा फरक फरक भयो भने आफुले खाईसकेपछि साथिले खाएको पनि खान मन लाग्ने । एउटै परीकारले हुदैनथ्यो कहिलेकाहि । खाईसकेपछि पैसा लगेको दिन क्यान्टिनका मालिक अर्थात साउजीलाई पैसा बुझाईन्थ्यो भने नलगेर गएको बेला खातामा टिपाईन्थ्यो ।

बानि त त्यति बेला देखि नै परीसकेको रहेछ उधारो कारोवारको । हाम्रो वारेमा केहि थाहा नपाई त्यहि स्कुल गएकै भरमा हामिले महिनौ दिन सम्म उधारो खान्थ्यौ । आजभोलि याद आउछ त्यो क्यान्टिनका संचालकले कसरी चलाएका थिए होला त्यो क्याीन्टन । उधारो खाने म र मेरा साथि मात्र थिएनन अरु धेरैले प्राय उधारै खाने गर्थे । खाईसकेपछि लेखेको अहिले पनि याद आउछ आफ्नो नाम कहाँ निर छ भनेर खोज्नु पर्ने ।

जमाना पनि कति सोझो आफै खाने र खाईसकेपछि खातामा आफै चढाउने । साउजीले विश्वास पनि कति धेरे मानेका सम्झदा अचम्म लाग्छ । कहिलेकाहि साउजी अलि बढि कराउथे अव भोलि पैसा ल्याउनु है भनेर हामिले त अझ पैसा दिनु त कहाँ छ कति भन्न सक्नुभएको हो तपाईले, तपाईको पैसा खाएर हामि कहाँ जान्थिम र भनेर उल्टै ठुलो स्वरले बोल्ने । विचरालाई त्यसरी भनेको आजभोलि नमज्जा लाग्छ ।

याद आउछ आजभोलि त्यतिवेला हामिले मात्र भनई सर म्यामहरुले पनि त्यहि गएर उधारै खानुहन्थ्यो । विद्यार्थीहरुले पनि उधारो र टिचरहरुले पनि उधारो खादा त्यो क्यान्टिन कसरी चलेको थियो होला ।

दैनिक उक्त क्यान्टिनमा सामान ल्याउदा साउजीले कहाँबाट पैसा जुटाउथे होलान् ।

त्यहिमाथि भिडभाडमा स्कुलका बदमास विद्यार्थीहरुले खाजा खाएर पैसा नदिई पैसा दिईसके भनि वा थाहा नै नदिई सुटुक्क वाहिर निस्कने गर्दथे ।

क्यान्टिन बाहिर आईसकेपछि म त आ पैसै नतिरी खाए भनेर घमण्ड गर्ने साथिहरु आज कहाँ के गर्दै छन् होला ।

कतै तिनिहरुले पनि क्यान्टिन गरी बसेको भए सायद आज बुझेहोलान् कति गाह«ो रैछ क्यान्टिन गर्न भनेर ।

मैले आजभोलि आफुले काम गर्ने स्कुलकि क्यान्टिन कि साउनी दिदिलाई खातामा आफुले खाएको रकम चढाउदै सोधे राम्रो कमाई भाको होला हैन दिदि ? उहाँले मुसुक्क हास्दै भन्नुभयो । सबैले यहि भन्नुहुन्छ कि यति धेरै विद्यार्थी छन् ।

स्टाफहरुको संख्या पनि यति धेरै छ वा कर्मचारीहरु टन्नै छन् । कस्तो राम्रो चलेको छ भनेर । बाहिरी रुपमा जुन रुपमा देख्नुहुन्छ भित्रीरुपमा पिडा आआफ्नो हुन्छ भाई भन्नु भयो । उहाँले प्राय जुनसुकै क्यान्टिनमा उधारो कारोवार बढि हुन्छ अर्थात त्यहि क्यान्टिन खाता हुने गर्छ । कतिले पैसा दिन्छन् त कतिले ठगेर जान्छन् ।

बस यति पैसा ल्याउनुपर्ने छ भन्दै दिन गन्दै बस्ने वाहेक अरु केहि हुदैन भन्दै पिडा पोख्नुभयो । उहाँले यसो भन्दै गर्दा विगतमा आफुले खातामा टिपाएको दिन सम्झदा नराम्रो अनुभव भयो र एउटा प्रण गरे सकभर अव क्यान्टिनमा खाता बनाउदिन भनेर र आजभोलि जिन्दगी त्यसै गरी चलाईरहेको छु ।

प्रतिकृया

प्रतिकृया