दीपक बोहरा,शरद रेग्मी /   तुलसीपुर
२१-माघ /  ‘होलबडी’ चेकअप गर्नका लागि अब काठमाडौं जानुपर्ने अबस्था अन्त्य हुनेभएको छ ।

दाङमै पहिलो पटक तुलसीपुरमा अत्याधुनिक प्रबिधियुक्त ‘मेसिन’ तथा दक्ष प्राबिधिकहरुसहितको ल्याब सेवा शुरु भएको छ ।

जेनोमिक डाईग्नोष्टिक ल्याब्रोटरी तुलसीपुर दाङप्राली मार्फत ‘होलबडि’संगै बिभिन्न स्वास्थ्य परीक्षणका लागि सेवा सञ्चालनमा ल्याउन लागिएको सोमबार पत्रकार सम्मेलन गरि जानकारी गराईएको हो । एककरोड ५० लाखको लागतमा ‘होलबडी’संगै थाईराईड, मुटु, कलेजा,क्यान्सर,मधुमेसहित ‘कल्चर एण्ड सेन्सिटिभिटी टेस्ट, आईरण प्रोफाईल, हर्मोनल, कार्डिक फन्सन’लगायतको परीक्षण अध्यक्ष सुरज ज्ञवालीले जानकारी दिए ।


ADVERTISEMENT

 



त्यसका लागि अमेरिकाबाट बिभिन्न प्रबिधिहरु तुलसीपुर ल्याईएको हो । ‘बायोकेमिस्ट, माईक्रोबायोलोजिस्ट, प्याथालोजिष्ट, टेक्नोलोजिस्ट’ जस्ता बिशेषज्ञ चिकित्सकहरुले उक्त सेवा प्रदान गर्नेछन् । प्रयोगशालाबाट रगत, दिशा, खकार, पिसाब, बीर्य तथा अन्य बडी फ्लुड जाँच गरिनेछ । प्रयोगशालासम्बन्धि सबै काम तुलसीपुरमै हुने भएपछि यस क्षेत्रबाट हुने रेफरदर घट्ने ज्ञवालीको बिश्वास छ ।

हरेक महिनाको अन्तिम शनिबार सुगरको ‘फास्टिङ् टेस्ट फ्रि’ गरिनेछ । माघ २७ गते उद्घाटन गरिनेभएपनि सेवा भने शुरु भईसकेको छ । अहिले रोग पहिचान नहुँदा ठूलो धनराशीको खर्च हुनुका साथै बिभिन्न रोगसंग असम्बन्धित औषधी सेवन गर्दा मानिशको स्वास्थ्यलाई नकारात्मक असर पार्ने गरेको भन्दै यसलाई न्यूनीकरण गर्न दाङबाट यो सेवा दिन शुरु गरिएको उनले बताए । प्रबिधिको बिकाससंगै अब कम्प्युटर प्रणालीबाट स्वास्थ्य चेकजाँच गर्ने प्रणालीको बिकास भएपछि दाङमा स्वास्थ्य क्षेत्रले थप फड्को मार्ने उनको भनाई छ ।‘ प्रबिधिको तीब्र बिकास भईरहेको छ, अब स्वास्थ्य क्षेत्रमा पनि बिभिन्न प्रबिधिहरु छन्’ उनले भने‘ त्यसैले प्रबिधिमैत्री स्वास्थ्य परीक्षण गरेर यही प्रभाबकारी सेवा दिन हामीले यो कार्य शुरुवात गरेका हौं ।’ स्वास्थ्यको अबस्थाका बारेमा कम्प्युटरले सबै कुरा बताउने उनको भनाई छ ।

दाङमा यस्तो प्रबिधि भित्रिनु दाङबासीकालागि खुसीको कुरा भएको तुलसीपुर उद्योग बाणिज्य संघका उपाध्यक्ष मीनराज भण्डारीले सम्बाददातालाई बताए । ‘ दाङबाट सामान्य–सामान्य जाँचका लागि बाहिरी जिल्ला पठाउने गरिएको छ’ उनले प्रतिक्रिया दिए‘तर यो समस्या अन्त्य हुनेछ ।’ दाङमा प्रबिधियुक्त मेसिनबाट स्वास्थ्य परीक्षण गर्ने पद्धति भित्रिएसंगै यस क्षेत्रको स्वास्थ्यले फड्को मारेको आभास भएको समेत उनको प्रतिक्रिया थियो ।

बिहान ६ बजेदेखि बेलुका ८ बजेसम्म प्रयोगशालाले सेवा प्रदान गर्ने छ, तर आपतकालिन अबस्थामा पनि जुनबेला पनि सेवा दिन सकिने ज्ञवालीको भनाई छ । जेष्ठनागरिक, अपाङ्ग, न्यूनदृष्टि, महिला स्वयंसेबिका तथा पत्रकारहरुलाई १० प्रतिसत छुटको पनि ब्यबस्था गरिएको छ ।

प्रतिकृया

प्रतिकृया