आशिष केसी, तुलसीपुर
२३-माघ /  दाङमा ‘करोट’ नाटकको प्रदर्शन गरिएको छ ।

काठमाण्डौमा प्रदर्शन गरिएको उक्त नाटक दाङको तुलसीपुर र घोराहीमा पनि प्रदर्शन गरिएको हो ।

प्रणव आकाशले लेखन तथा निर्देशन गरेको नाटक ‘करोट’को माघ १६ देखि १९ सम्म घोराहीमा र २१ र २२ गते तुलसीपुरमा प्रदर्शन गरिएको हो ।


ADVERTISEMENT

 



ख्याल बगालको प्रस्तुती तथा हेल्पिङ ह्यान्ड्स दाङ र उदाहरण समूह नेपालको समन्वयमा तुलसीपुर र घोराहीमा नाटक मञ्चन गरिएको हो । नाटकले दाङबासीको मन जित्न सफल भएको आकासले बताए ।

रबिलाल थारुले निर्माण गरेको उक्त नाटकलाई अबको केही दिन पछि बाँकेमा प्रदर्शन गरिने छ । नाटकले समाजमा भएका बिकृति, बिसंगति अन्त्य गर्न मद्दत गर्ने भएपछि पछिल्लो समय नाटक लोप हुने अबस्थामा रहेको भन्दै यसलाई जोगाउने अभियानमा पनि आफुहरु रहेको उनको भनाई थियो ।

करोट (कोल्टे फेर्नु)का बारेमा आम नागरिकलाई जानकारी दिन पनि निर्माण गरिएको हो ।

प्रतिकृया

प्रतिकृया