तुलसीपुर, २६ माघ /टिच फर नेपालका स्वयंसेवकहरुले दाङ तुलसीपुर उपमहमानगरपालिका वडा नं. ७ को माबि कालाखोलामा लामो समय देखि अलपत्र बनेको भवन निर्माण गरेका छन् । दाङमा पहिलो पटक प्लाष्टिकका बोतलबाट बिद्यालय भवन निर्माण गर्न थालिएको हो ।

२०६७ सालदेखि अलपत्र परेको भवनलाई टिचफर नेपालका स्वयंसेवक, उक्त बिद्यालयका बिद्यार्थी, शिक्षकहरुले खेरगईरहेका प्लाष्टिकको बोतलबाट भवनको दुईवटा कोठा निर्माण गर्न शुरु गरेका हुन् । टिचफरका २०७६ सालदेखि देशभरका बिभिन्न स्थानमा स्वयंसेवक शिक्षकका रुपमा जानलागेकाहरुलाई समाजसंग घुलमिल गराउनका लागि उक्त अभियान शुरु गरेको कार्यकारी प्रमुख शिशिर खनालले बताए ।

उनका अनुसार पहिलो दिन लामो समय देखि आर्थिक अभाबमा निर्माण गर्न गर्न नसकिएको उक्त बिद्यालयलाई आफै सक्रिय भएर पनि निर्माण गर्न सकिन्छ,भन्ने चेतना दिन श्रमदान गरेको बताए । ‘हामीले बिद्यालयमा एक दिन श्रमदानसंग चेतना प्रदान गरेका छौं’ उनले भने‘ यो कामलाई पुरा गर्न अब बिद्यालयले सक्रियता देखाउनुपर्छ ।’ आफ्ना स्वयंसेवकहरुलाई आवासीय तालिम, समुदायसंग घुलमिल गर्ने अभ्यास दिन बिद्यार्थीहरुकै घरमा बस्ने, त्यहाँको वातावरण अवगत गराउने गरेको उनको भनाई छ ।


ADVERTISEMENT

  



देशभरिका करिब एकसय जना स्वयंसेवकहरुले दिनभर भवन निर्माणको काम गरेका हुन् । त्यस अवसरमा बिद्यालयका प्रधानाध्यापक राजीव ओझाले लामोसमय देखि अलपत्र रहेको भवन खेरगईरहेका प्लाष्टिकका बोतलबाट निर्माण गर्न अभ्यास गराउनु बिद्यालयका लागि पनि राम्रो कुरा भएको बताए ।

उक्त बिद्यालयको पाँच कोठा निर्माण गर्न शुरु गरिएपनि अलपत्र रहेको र पहिलो चरणमा दुईवटा कोठा निर्माण पुरा गर्ने लक्ष्य रहेको बताए । त्यसका लागि तुलसीपुर उपमहानगरपालिकाले दुईलाख, टिचफरले एकलाख र सोना सिमेन्टले ३० बोरा सिमेन्ट उपलब्ध गराउने आस्वासन दिएको बताए । अहिले सातसय भन्दा बढि बिद्यार्थी रहेकाले कक्षा कोठा अभाब रहेको उनको भनाई छ । कक्षा कोठा अभावहुँदा जीर्ण भवनमा बिद्यार्थीहरुलाई पढाउनुपर्ने बाध्यता रहेको उनले बताए ।

साथै त्यस अवसरमा तुलसीपुर उपमहानगरपालिकाका शिक्षा संयोजक देवराज बिश्वकर्मा, कार्यपालिका सदस्य अमर नेपाली‘माईकल’, दीपक कुमाललगायतको सहभागिता थियो ।

प्रतिकृया

प्रतिकृया