तुलसीपुर
२७ माघ / तुलसीपुर १२ को शीतलपुर मन्दिरमा दाङमै पहिलो पञ्चमुखे शिव मन्दिर र अख्लेश्वर महादेवको मुर्ती स्थापना गर्नका लागि आईतबार देखि शिवपुराण लगाउन शुरु गरिएको छ ।

शितलपुर शिव महापुराण मुल आयोजक समितिको आयोजनामा शुरु भएको शिवपुरनको उद्घाटन प्रतिनिधिसभा सदस्य हिराचन्द्र केसीले गरेको शिवपुरणका संयोजक शक्तिकुमार शर्माले बताए ।


त्यस अवसरमा सांसद केसीले दाङमा पञ्चमुखे शिवमन्दिर निर्माण गर्दा पर्यटनको संख्यामा बृद्धि गर्न सकिने भन्दै सकारात्मक कार्य शुरु भएको बताए ।


ADVERTISEMENT

 



उनले यस्ता कार्यबाट दाङलाई समृद्ध बनाउन सकिने भन्दै आफुहरुले समेत सहयोग गर्ने प्रतिबद्धता जनाए ।

शिवपुरआईतबारदेखि फागुन ९ गतेसम्म चल्ने छ । साथै उद्घाटनपूर्ब -याली निकालिएको थियो । शिवपुरनको मुख्य वाचकका रुपमा कोमल उपाध्यय र सहवाचकमा दुर्गा प्रशाद भुषाल रहेका छन् ।

प्रतिकृया

प्रतिकृया