बालकृष्ण पाण्डे, हापुरे
२७-माघ /  बबई गाउपालिकामा पहिलो पटक प्राबिधिक शिक्षा सञ्चालनमा ल्याउने तयारी थालिएको छ ।

आगामी शैक्षिकसत्रदेखि कृषि बाली बिज्ञान बिषयको पढाई सञ्चालन गर्न गाउँपालिकाको शिक्षा शाखाले वडा नं. ५ को जनकल्यान माबि पदमपुरलाई अनुमति दिएको हो ।

उक्त बिद्यालयले प्राबिधिक शिक्षाको अनुमतिका लागि दिएको निवेदनका आधारमा गाउँपालिकाको शिक्षा शाखाले आउदो शैक्षिकसत्रदेखि कक्षा ९ देखि प्राबिधिक शिक्षा सञ्चालन गर्न निर्देशन दिएको हो ।


ADVERTISEMENT

   


उक्त बिद्यालयमा पूर्बाधार तथा बिद्यार्थीहरुको अबस्था, शैक्षिक गुणस्तरलाई आधार मानेर गाउँ शिक्षा समितिको बैठकले अनुमति दिएको गाउँपालिका अध्यक्ष भवनेश्वर पौडेलले बताए । उनका अनुसार बबईमा कृषि प्राबिधिक उत्पादन गरि स्वरोजगार बनाउनुका साथै कृषिको प्रबद्र्धन गर्न पनि मद्दत पुग्ने भन्दै अनुमति दिईएको हो ।

गाउँपालिकाको केन्द्रमा रहेको उक्त बिद्यालयलाई अनुमति दिएमा गाउँपालिकाका सबै बिद्यार्थीहरुलाई पायक पर्ने समेत उनको भनाई छ ।

बबईमा यस अघि प्राबिधिक शिक्षालय नहुँदा प्राबिधिक शिक्षा लिन घोराही,तुलसीपुरसहित बाहिरी जिल्ला जानुपर्ने बाध्यता थियो ।

प्रतिकृया

प्रतिकृया