शिवु खनाल, देउखु्री
२७-माघ /  सवारी दुर्घटनामा परि दुबै खुट्टा गुमाएका दाङको लमही नगरपालिका वडा नम्बर ५ लमही निवासी सन्तोष खनाललाई उनका साथीहरुले ८५ हजार सहयोग प्रदान गरेका छन् ।

दाङको लमही नगरपालिका वडा नं. ५ लमही निवासी मोटरसाइकल दुर्घटनामा परि दुबै खुट्टा गुमाएका खनाललाई उनका साथीहरु लमही नगरपालिका वडा नं. ६ लंगढी निवासी (हाल यु.एस.ए.अमेरीका बस्दै आएका भएका सन्तोष बस्नेतले र लेखराज केसीसहित अन्य साथिहरु मिलेस नगत ८५ हजार सहयोग गरेका हुन् ।)

उक्त रकम बस्नेतक बुवा रामबहादुर बस्नेतले पीडित खनाललाई रकम हस्तान्तरण गरेका हुन् ।


ADVERTISEMENT

  




एउटा साथिलाई समस्या पर्दा सबैले सहयोग गर्नुपर्छ भन्ने भावनाले आफुहरुले सहयोग गरेको उनले बताए ।

करिब दुई वर्ष अगाडी फागुन १९ गते सवारी दुर्घटनामा परेका उनको दुईवटै खुट्टा गुमेका छन् ।आर्थिक अबस्था कमजोर भएकाले उनको उपचार प्रभाबित भएको छ । उनले अरुजस्तै डिडडुल गर्न मनलागेपनि दुबै खुट्टा गुम्दा दुःखी भएको बताए ।

प्रतिकृया

प्रतिकृया