तुलसीपुर
२९ माघ/ 
दाङको तुलसीपुर उपमहानगरपालिका वडा नं. ४ बनहरीमा जारी महायज्ञमा मंगलबारसम्म साढे ३५ लाख बढि आर्थिक संकलन भएको छ ।

महायज्ञ ब्यबस्थापन समितिका संयोजक पदम केसीका अनुसार ३५ लाख ५५ हजार ६ सय ४२ रुपैयाँ संकलन भएको छ । यही माघ २३ गतेदेखि शुरू भएको महायज्ञमा मंगलबारमात्रै १२ लाख ३९ हजार ४ सय ४२ रुपैयाँ संकलन भएको संयोजक केसीले बताए ।

मंगलबार सबैभन्दा बढि ज्ञानज्योती एजुकेशन फाउन्डेशनका संस्थापक अध्यक्ष टिकाबहादुर जिसी २ लाख ११ हजार १ सय ११, प्रकाश, डा.विवेक, सुवोध, विनोद देवकोटा संयुक्त १ लाख २५ हजार २५, गढाधर पौडेलले १ लाख ५ हजार ५, वडा नं. ७ का रामबहादुर जिसी १ लाख २१ हजार १ सय ११, शालिक राम न्यौपाने ५७ हजार ६ सय १, हरिलाल न्यौपाने बन्जाडे, दामोदर न्यौपाने बन्जाडेले संयुक्त ५१ हजार १ सय ५५, गणेशकुमार आचार्य ३१ हजार ५ सय ५५, शेसुराम भण्डारी ३१ हजार १ सय ५, वडा नं. ७ बाट २५ हजार १ सय ३५, तिर्थराज पोखरेल २६ हजार ५ सय ५, चन्द्रबहादुर खत्री २५ हजार ५ सय ५५, हुमदेवी परियार २६ हजार १ सय ६५, तुकमान सिंह अधिकारीले २५ हजार ५५, श्रृजना महिला समूह २५ हजार ५ सय ६५, रामप्रसाद चौधरी २५ हजार ५, चुमाप्रसाद पोखरेल र हुमा देवी पोखरेलले संयुक्त ५३ हजार ५ सय ५५ रुपौयाँ दान गरेको प्रेस संयोजक सुमन केसीले जानकारी दिए ।


ADVERTISEMENT

  



त्यस्तै शरदकुमार देवकोटा र बसन्ती देवी देवकोटाले १ लाख ९६ हजार ६ सय, उनु शर्मा ज्ञवालील १ लाख ५० हजार बराबरको जग्गा दान गरेका थिए । कैलासधाम नागेश्वर मन्दिर ब्यबस्थापन समितिको आयोजनामा बुधबारसम्म महायज चल्नेछ ।

महायज्ञको बाचकमा देशब्यापी १०८ श्रीमद भागवत सत्संकल्प अभियानकर्ता मुमुक्षु श्री उद्वव शर्मा,रष्ट्रिय बिभुषित नारीत्व विदुषी सुश्री अजुराधा शास्त्रीजी रहेको महासचिव राजेन्द्र पोख्रेलले बताए ।

दुईमहिनाअघि देखिएको नागलाई संरक्षण गर्नका लागि मन्दिर निर्माण गर्ने उद्देश्यले महायज्ञ सञ्चालन गरिएको हो ।

महायज्ञबाट करिब एक करोडबराबरको आर्थिक संललन गर्ने लक्ष्य रहेको उपाध्यक्ष भरतकुमार देवकोटाले जानकारी दिए ।

प्रतिकृया

प्रतिकृया