घोराही
२९ माघ/ नेपाल प्रहरीले सुरू गरेको ‘समुदाय– प्रहरी साझेदारी’ अवधारणालाई कार्यान्वयन गर्न दाङका सबै पालिका र वडाहरुमा समिति बनेको छ ।

‘हर प्रहर, गाउँ र नगरी, टोल टोलमा नेपाल प्रहरी’ भन्ने मूल नाराका साथ स्थानीय तह, समुदाय, सामाजिक संस्था र विद्यालयसँग साझेदारी गरी समाजमा हुने अपराध न्यूनीकरण गर्ने लक्ष्य राखेको प्रहरीले सबै जिल्लाका दश पालिका र एक सय वडामा समिति गठनको काम सकेको जनाएको छ ।

सामुदायिक प्रहरी सेवा केन्द्र दाङका इन्चार्ज प्रहरी नायब निरिक्षक विनोद डिसीले जिल्लाका दुई उपमहानगरपालिका, एक नगरपालिका र ७ गाउँपालिकामा प्रमुखको अध्यक्षतामा पालिका स्तरीय समुदाय– प्रहरी साझेदारी समिति गठन भएको जानकारी दिएका छन ।


ADVERTISEMENT

  



त्यसैगरी दश पालिकाका एक वडाहरुमा पनि वडा स्तरीय समिति गठन भएको र ८३ वटा विद्यालयमा विद्यालय सम्पर्क समिति गठन भएको डिसीले जानकारी दिएका छन ।

जिल्लाभरी ६ सय ४९ विद्यालयमा समिति गठन गर्नुपर्ने र ८३ वटामा गठन गरिएको भन्दै उहाँले अन्य बाँकी विद्यालयमा छिट्टै गठन हुने बताएका छन ।

यसैविच घोराही उपमहानगरपालिका स्तरीय समितिको समिक्षा बैठक मंगलबार बसेको छ ।

नगर प्रमुख तथा समितिका अध्यक्ष नरुलाल चौधरीको अध्यक्षतामा बसेको बैठकले नगरका विद्यालयहरुमा छिट्टै सम्पर्क समिति गठन गर्ने र आबस्यकतामा आधारीत सचेतनाका कार्यक्रम गर्ने निर्णय गरेको छ ।

बैठकले शान्ति सुरक्षा र विकासका लागि समिति गठन गरि सचेतना फैलाउन खट्ने स्थानिय जनप्रतिनिधी, प्रहरी, टोल विकास संस्था, संघसंस्थाहरुलाई बिषेश धन्याबाद समेत ज्ञापन गरेको छ ।

बैठकमा उपप्रमु सीता सिग्देल न्यौपाने, प्रहरी नायब उपरिक्षक रामप्रसाद घर्तीमगर, समितिका सदस्यहरु चन्द्रराज पन्त, लक्ष्मी आचार्य लगाएतकाले शान्ति र विकासलाई सँगसँगै अघि बढाउने विषयमा सबैको सहयोग आबस्यक पर्ने बताएका छन ।

समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तरगत लागु औषध बिरुद्धको सचेतना, वाल बिबाह रोक्ने अभियान, ट्राफिक सचेतना, हिंसा न्यूनिकरणका बिषयमा वडाहरुमा सातामा ४ वटा सचेतनाका कार्यक्रमहरु हुदै आएका छन् ।

प्रतिकृया

प्रतिकृया