ध्रुवराज न्यौपाने ( डि.आर.एन )
५ फागुन /  एक दिन तुलसीपुरको विपी चोकमा अडिएको थिए । तुलसीपुरको एक विद्यालयको वस आएर विद्यार्थीलाई चढाउनको लागि त्यहि निर रोकियो ।

बसमा सालको पात टपरी भन्ने गित घन्किएको थियो र विद्यार्थीहरुले ताल मिलाएर गुनगुनाउदै थिए ।  यो हेर्दा र सुन्दा मनमा बेग्लै खालका कुराहरु खेल्न थाले । फेरी केहि समयपछि एउटा स्कुलकै वसमा चढ्ने संयोग मिल्यो । उक्त वसमा पनि “गोजिमा दाम छैन, गोजिमा सुक्को नहुने मान्छे केहि पनि काम छैन” भन्ने गित घन्किएको थियो र पढ्न जान थालेका विद्यार्थीहरु त्यसैमा रमाईरहेका थिए ।

कतिले गुनगुनाईरहेका थिए भने कति गितको तालमा आफ्नो शरिर हल्लाईरहेका थिए । यो दृष्य देखिसकेपछि मनमा लाग्यो स्कुल वसमा माया प्रेमका गित बजाउनु कतिको सान्दर्भिक छ ? छोटो दुरीमा विद्यार्थीहरुलाई सेवा दिनको लागि संचालनमा ल्याईएका गाडिहरुमा के गित बजाउनै पर्छ त ? अनेकौ जिज्ञासाहरु उठे र यो आलेख नलेखि बस्नै सकिन ।


ADVERTISEMENT

  



खास गरी स्कुल बसहरुले आफ्ना विद्यार्थीलाई सुविधा प्रदान गर्नका लागि विद्यार्थीहरुलाई ठाउठाउ बाट विद्यालय पु-याउने र छाड्ने काम गर्छन । विभिन्न कक्षामा अध्ययन गर्ने विद्यार्थीहरुको सहजताका लागि र अहिलेको यो प्रतिस्पर्धात्मक बजारमा विद्यार्थी संख्या बढाउनका लागि पनि विद्यालयहरुले स्कुल वस संचालनमा ल्याएका छन् । स्कुल वस संचालन गर्नु आफैमा राम्रो हो । विद्यार्थीहरुका लागि यसले राम्रो अवसर प्रदान गर्ने गरेको छ । बसको प्रयोगका कारण टाढा टाढाका विद्यार्थीहरु आफुले चाहेको विद्यालयमा पढ्ने आफ्नो चाहानालाई पूरा गरेका छन् ।

कतिपय विद्यालयहरुले विद्यार्थीको चाहाना बमोजिम र प्रतिस्पर्धात्मक बजारका लागि घाटामा पनि स्कुल वस संचालन गर्दै आएका छन् । प्राय धेरै विद्यालय संचालकको मुखबाट स्कुल बस घाटामा चलेको छ भन्ने शव्द अलि बढिनै सुनिन्छ । तर पनि विद्यार्थी र अभिभावकको माग बमोजिम स्कुल बस संचालन गर्नुपर्ने विद्यालयको आफ्नो बाध्यता जस्तै भएको छ । यसरी संचालनमा आएका वसहरुले स्कुल समयमा विद्यार्थीहरुको खुसीका लागि माया प्रेमका गित बजाउने गर्छन कि वस चालकको लागि बजाउने गर्छन कि या त अन्य कुनै प्रयोजनका लागि ? के स्कुल वसमा गित बजाउन जरुरी छ ? विद्यार्थीहरु बसमा चढेर स्कुल पढ्न जादा यस्ता माया प्रेमका गित बज्नु कतिको सान्दर्भिक हो ? हामिले केहि शिक्षा क्षेत्रसंग आवद्ध व्यक्तिहरुको राय लिएका छौ ।

१. देवराज विश्वकर्मा ( शिक्षा समिति संयोजक, तुलसीपुर उपमहानगरपालिका दाङ )
यसरी स्कुल वसमा माया प्रेमका गित बजाउनु राम्रो होईन । हामिले सम्पूर्ण विद्यालयहरुको अवस्था वुझ्छौ र यसलाई रोक्न निर्देशन पनि दिन्छौ । साथै गित बज्न रोकिएको छ कि छैन भनेर हामि अनुमगन गर्छौ र यसलाई बन्द गराउन तर्फ लाग्छौ । गाडिमा रहेका स्पिकरहरुलाई लाई विद्यालयसंग अनुरोध गरेर निकाल्न पठाउछौ जसले गित बजाउने कुरालाई रोकि समाधान गर्छ भन्ने आशा लिएको छु ।  

२. विजय जिएम  (उपाध्यक्ष प्याव्सन दाङ)

माया प्रेमका गित स्कुल बसमा बज्नु पक्कै पनि असान्दर्भिक नै हो । विद्यार्थीहरुलाई गितले पढाई भन्दा पनि गित संगीत तिर अलि बढि उत्सुक्ता बनाउने गदर्छ । आफ्नो विद्यालय गोरखा मावि मा पहिला पहिला बज्ने गरेको र पछि गुनासो आएपछि आजभोलि पुरै बन्द भएको छ । साथै प्यावसन दाङको तर्फबाट आफुले जिल्लामा रहेका सम्पूर्ण विद्यालयहरुको प्र.अ. भेला गराई यसलाई रोक्न सुझाव दिनेछु ।

३. भिम बहादुर बुढाथोकि (अध्यक्ष,ऐन प्याव्सन दाङ) 

स्कुल वसमा माया प्रेमका गित वज्नु राम्रो पक्ष हैन । केहि समय अगाडि पनि आफुले ऐन प्यवासन संग आवद्ध भएका केहि विद्यालयहरुलाई सुचित गराएका थियौ । साथै ऐन प्याव्सनको तर्फबाट आफुले यस कार्यलाई रोक्न आउदै गरेको साधारण सभामा आफुले सबै विद्यालयहरुलाई जानकारी गराउने र ऐन प्यावसन संग आवद्ध रहेका विद्यालयहरुमा अवदेखि यसलाई रोक्न भूमिका निर्वाह गर्नेछु ।

४. सुरेन्द्र जिसी  (प्राचार्य, ज्ञानज्योति कलेज तुलसीपुर) 

स्कुल बसमा माया प्रेमका गित बज्नु सरासर गलत हो । यसले विद्यार्थीहरुको ध्यानलाई पढाईमा भन्दा पनि वढि माया प्रेम तिर डो¥याउने गर्दछ । शैक्षिक संस्था आफैमा एउटा पवित्र स्थान भएकाले यसो गरिनु गलत हो । पढाईको समयमा कलेज आउदा माया प्रेमका गित सुन्दै विद्यार्थीहरु कक्षाकोठामा प्रवेश गरे भने  उनीहरुको ध्यान पढाई भन्दा पनि त्यतै तिर केन्द्रित हुने भएकाले यसलाई रोक्नु पर्दछ । 

५. विष्णु प्रसाद आचार्य (प्रधानाध्यापक, गुरु जजुर नमुना मावि,रक्षाचौर) 

स्कुल बसमा यस्ता माया प्रेमका गित बज्नु राम्रो हैन । यसले विद्यार्थीहरुको ध्यानलाई मनोरञ्जनतिर मोड्ने गर्दछ । जसले गर्दा पढ्न जान लागेका विद्यार्थीहरु पढाईमा भन्दा अयन्त्रै ध्यान जाने हुदा यसलाई रोक्नु पर्दछ  । साथै यसले वस चालकको ध्यानलाई पनि गिततिर मोड्ने हुदा कहिलेकाहि दुर्घटनाको जोखिम हुन सक्ने भन्दै विद्यार्थीलाई सुविधाका लागि संचालन गरिएको वसमा कुनै पनि गित बजाउन आवश्यक नभएको महशुष गरेको छु । 

निष्कर्श :

पक्कै पनि स्कुल वसमा आजभोलि बज्ने गरेका माया प्रेम का गितले विद्यार्थीको मनोभावनालाई पढाई भन्दा बढि गितसंगीत तिर मोड्ने भएकाले यसलाई तुरुन्त रोक्नु पर्ने देखिन्छ । अन्य कुनै प्रकारका गित पनि स्कुल वसमा बजाउनु नपर्ने देखिन्छ । कुनै कुनै विद्यालयका वस चालकहरुले आफ्नो मनोमानीका कारण वसमा गाना बजाउने गरेको भएपनि विद्यार्थी वोक्ने गाडिले कुनै तामझान गर्न आवश्यक नरहेको प्रष्ट देखिन्छ । वाटोमा विद्यालयको गाडि विद्यार्थी वोकेर कुद्ने  र विद्यार्थीहरु गितमा झुम्ने हो भने बाहिरी वातावरणबाट उक्त विद्यालयको अवस्थालाई कसरी मूल्यांकन गर्न सकिन्छ होला । तसर्थ यो कार्यलाई रोकि विद्यालयको आफ्नो वेग्लै परिचय बनाउन सबै विद्यालय अग्रसर हुने कि ? 

प्रतिकृया

प्रतिकृया