शरद रेग्मी, तुलसीपुर
१०-फागुन /  नेसनल प्याब्सनका केन्द्रिय अध्यक्ष ऋतुराज सापकोटाले शिक्षामा निजि र सरकारी भनेर खण्डीकरण गर्न नहुँने बताएका छन् ।

नेसनल प्याव्सन दाङको १० औं साधारण सभामा उनले पछिल्लो समयमा शिक्षालाई खण्डीकरण गर्ने काम भएको भन्दै त्यसलाई रोक्नुपर्ने बताए । उनले शिक्षा निजि र सार्वजनिक भन्ने नभएको भन्दै शिक्षा एकै किसीमको भएको बताए ।

‘निजि विद्यालयमा पढनेहरुले पनि एक प्लस चार पाँच बढछन् , सामुदायिक विद्यालयमा पनि त्यही हो’ उनले भने । ’ उनले शिक्षालाई समग्रतामा हेनुपर्ने भएपनि त्यो हुन नसकेको भन्दै निजि र सामुदायिक भन्दा पनि गुणस्तरी शिक्षा कसरी दिने भन्नेमा सोचनुपर्ने बताए । उनले सामुदायिक र निजि शिक्षालयबीचमा गुण्स्तर शिक्षामा मात्रै भिन्नता भएको बताए । निजि शिक्षाले धेरैलाई रोजगार दिन सफल भएको समेत उनको भनाई छ ।


ADVERTISEMENT

  



साधारण सभामा केन्द्रिय सल्लाहकार पाण्डव हमालले बर्तमान अवस्थामा संघीय, स्थानीय , प्रदेशमा शिक्षा सम्वन्धी कानुन बनेको भन्दै शिक्षा क्षेत्रलाई व्यवस्थीत गराउदै लैजानुपर्ने बताए ।

कार्यक्रममा केन्द्रिय उपाध्यक्ष तथा प्रदेश नं. ५ का संयोजक सुवोधकुमार डाँगीले निजि क्षेत्रको लगानीबाट आफुहरुले गुणस्तरी शिक्षा दिएको भन्दै
सरकारले आफुहरुलाई सम्मान गर्नुपर्ने बताए । उनले पछिल्लो अवस्थामा आफुहरु केही ससंकीत भएको बातए ।

साधारण सभामा उपाध्यक्ष प्रवोध प्रभाकर रिजाल, केन्द्रिय महासचिव सुवास न्यौपाने, केन्द्रिय सदस्य प्रकाशकुमार शर्मा, बामदेव न्यौपाने, सल्लाहकार सुरेन्द्र जिसी, आइएमी ग्र्रूपका शरण रेग्मी, प्रशिक्षक प्रमिला गौतम, रिपोर्टर्स क्लव दाङका अध्यक्ष शरद रेग्मी, प्रदेश टुडेका सम्पादक गोपाल शर्मा भट्टराई , नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी संघका पूर्व केन्द्रिय सदस्य निर्मल आचार्यलगायतले मन्तब्य ब्यक्त गरेका थिए ।

नेसनल प्याब्सन दाङका अध्यक्ष भिमबहादुर बुढाथोकीको अध्यक्षता भएको कार्यक्रममा सचिव ठाकुरप्रसाद डाँगीले बार्षिक प्रतिवेदन प्रस्तुत गदै आगामी दिनमा संस्थाको भवन निर्माण गर्ने विभिन्न तालिम, वर्कसपहरु सञ्चालन गर्ने बताएका थिए । साधारण सभामा कोषाध्यक्ष हरिप्रसाद भण्डारीले आर्थिक प्रतिवेदन पेश गरेका थिए ।

नेसनल प्याव्सन दाङका बरिष्ठ उपाध्यक्ष विमल गौतमको स्वागत मन्तव्य ब्यक्त गरेको कार्यक्रमको सहजीकरण सचिव ठाकुरप्रसाद डाँगीले गरेका थिए ।त्यस अवसरमा विद्यालयका शिक्षकहरुलाई विद्यालय व्यवस्थापन तालिम दिएको थियो ।

प्रतिकृया

प्रतिकृया