दंगीशरण
११ फागुन/ दाङ क्षेत्र नं. ३ (ख)बाट निर्वाचित प्रदेश नं. ५ का प्रदेशसभा सदस्य उत्तरकुमार ओलीको आज(शनिबार) दाहसंस्कार गरिएको छ ।

सवारी दुर्घटनामा परि गम्भीर घाईते भएका सांसद ओलीको शुक्रबार काठमाडौंको मेडिसिटी अस्पतालमा उपचारको क्रममा बिहान ३ बजे निधन भएको हो । 

उनको दाङ दंगीशरण गाउँपालिका वडा नं. ६ बागरखोलामा अन्तिम दाहसंस्कार गरिएको हो । सांसद ओलीलाई उनका ९ बर्षीय जेठो छोरा प्रणव वलीले दागबत्ति दिएका हुन् ।  सांसद ओलीको पार्थिब शरिरमा प्रतिनिधिसभाका सभामुख कृष्णबहादुर महरा, प्रदेश नं. ५ का मुख्यमन्त्री शंकर पोखरेल, प्रदेश नं. ५ का सभामुख पूर्णबहादुर घर्तीले नेपालको झण्डा ओडाएर अन्तिम श्रद्धाञ्जली ब्यक्त गरेका हमुन् । त्यस्तै उनको शरिरलाई शोक सलामी पनि पनि प्रदान गरिएको थियो ।


ADVERTISEMENT

  



अन्तिम श्रद्धाञ्जली दिन प्रदेश नं. ५ का आन्तरिक मामिला तथा कानून मन्त्री कुलप्रसाद केसी, नेपाल कम्युनिष्ट पार्टीका (नेकपा)का सचेतक शान्ता चौधरीलगायत दाङबाट प्रतिनिधित्व गर्ने संघीय सांसद तथा प्रदेश सांसद, नेता तथा कार्यकर्ताहरुको सहभागि थिए ।

त्यस अवसरमा शोक मन्तब्य ब्यक्त गर्दै प्रदेश नं. ५ का मुख्यमन्त्री शंकर पोख्रेलले ओलीको निधनले प्रदेश सरकारलाई ठूलो क्षति भएको बताए । उनले दाङको पश्चिम क्षेत्रको बिकासका लागि खेलेको योग्दान महत्वपूर्ण रहेको भन्दै ओलीको निधनले प्रदेशको विकासमा समेत नोक्सान पु¥याउने बताए ।

‘आफ्नो ब्यक्तिगत पैसाले पश्चिम दाङको बिकास गर्नुहुन्थ्यो, कसैलाई दुःख पर्दा सहानुभूति प्रकट गर्न पुग्नुहुन्थ्यो, हरेक आपत–बिपतमा आफै खटिनुहुन्थ्यो’ उनले भने भने ‘ उहाँकै पहलमा सरकारलाई कुनै पनि बिपत परेको बेला बिभिन्न राहात तथा सहयोगहरु घोषण गर्ने वातावरण तयार हुन्थ्यो ।’

सानै उमेरमा बिकासप्रेमी नेताको छबि बनाएका ओलीको दुर्घटनामा परि निधन हुनु दुखद भएको भन्दै प्रदेश नं. ५ सरकारले सवारी दुर्घटना न्यूनीकरणका लागि माननीय उत्तरकुमार ओली सडक सुरक्षा योजना बनाएर अघि बढ्ने समेत मुख्यमन्त्री पोखरेलले बताए ।

साथै प्रदेश नं. ५ का सभामुख पूर्णबहादुर घर्तीले ओलीको निधनले प्रदेशसभालाई ठूलो क्षति पुगेको बताउनुभयो ।‘उहाँले प्रदेशसभामा जल्दाबल्दा बिषय उठान गरेर समस्याको समाधान गर्न तत्परता देखाउनुहुन्थ्यो ’ उनले भने ।

सांसद ओलीको गत माघ २४ गते घोराही–३ चिसापानी नजिकै सांसद ओली सवार कार र बस ठोक्किदा दुर्घटना भएको थियो । दुर्घटना पस्चात गम्भीर घाईते भएका वलीको काठमाडौंको मेडिसिटी अस्पतालमा लगिएको थियो । दाङको दंगीशरण गाउँपालिका वडा नं. ६ लेटार घर भएका ओलीको दुर्घटनामा परि टाउको,खुट्टा र मुटुमा समेत गम्भीर चोट लागेको थियो ।

बुटवलबाट गृहजिल्ला दाङ आउँदै गरेको अबस्थामा घोराहीबाट लमही तर्फ आउँदै गरेको ना ख ५५२९ नम्वरको यात्रुबहाक बस र सांसद ओली चढेको बा १८ च ६८३६ नम्वरको कार एक आपसमा ठोक्किदा दुर्घटना भएको थियो ।

उहाँकी श्रीमती र दुई छोरा छन् । २०४१ सालमा जन्मिएका सांसद वलीको ३४ बर्षको उमेरमा निधन भएको हो । उहाँको पाथिब शरिरलाई प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष केपी शर्मा ओलीलगायत मन्त्री तथा बिभिन्न नेता तथा कार्यकर्ताहरुले शुक्रबार केन्द्रीय कार्यालय काठमाडौंमा श्रद्धाञ्जली ब्यक्त गरेका थिए ।

साथै शुक्रबार हेलिकप्टर मार्फत उहाँको पार्थिब शरिरलाई गृह जिल्ला दाङ ल्याईएको हो । गृहजिल्ला दाङ ल्याएसंगै श्रद्धाञ्जलीका लागि तुलसीपुर स्थित नेकपाको पार्टी कार्यालय राखिएको थियो, भने शुक्रबार नै उनको जन्मघर लगिएको थियो ।

प्रतिकृया

प्रतिकृया