दीपक बोहरा, तुलसीपुर
१३-फागुन /  तुलसीपुरमा १२ प्रतिशत हात्तीपाईले संक्रमित रहेको तथ्याङ्क रहेको छ ।

राष्ट्रीय हात्तीपाईले रोग निवारण कार्यक्रम अन्तर्गत सोमबार तुलसीपुर उपमहानगरपालिका स्वास्थ्य शाखाले आयोजना गरेको अभिमुखीकरण कार्यक्रममा यस्तो जानकारी गराईएको हो ।

स्वास्थ्य शाखा प्रमुख गोकर्ण दाहालका अनुसार केही समय अघि गरिएको सर्वेक्षणले तुलसीपुरमा १२ प्रतिश ब्यक्तिमा हात्तीपाईलेको संक्रमण देखिएको छ ।


ADVERTISEMENT

  



तुलसीपुरमा एकलाख ६४ हजार दुईसय १८ जनसंख्यामध्ये करिब २० हजारमा हात्तीपाईलेको संक्रमण देखिएको उनको भनाई छ । यही फागुन १५ गतेदेखि १८ गतेसम्म दाङका १० वटै स्थानीय तहमा हात्तीपाईले बिरुद्धको औषधी खुवाईने कार्यक्रमको तयारी पूरा भएको जनाईएको छ ।

सोही अनुसार तुलसीपुर उपमहानगरपालिकामा पनि तयारी पुरा भएको जनाएको छ । यसभन्दा पहिला पनि हात्तीपाईले बिरुद्धको औषधी खुवाएपनि रोगीको संख्या न्यूनीकरण हुन नसकेको भन्दै नवौ पटक दाङमा हात्तीपाईले बिरुद्धको औषधी खुवाउन लागिएको हो ।

साथै दुई बर्षभन्दा कम उमेरका केटाकेटीहरु, गर्भवती आमाहरु, ७ दिनसम्मका सुत्केरी आमाहरु, सिकिस्त बिरामी, छारे रोगका बिरामीहरुबाहेक अन्य सबै नागरिकले हात्तीपाईले बिरुद्धको औषधी खानुपर्ने समेत उनले बताए ।

सबै नागरिकले हात्तीपाईले बिरुद्धको औषधी सेवन नगर्दा दाङमा हात्तीपाईलेका बिरामी घट्न नसकेको समेत उनले बताए । ‘दाङमा आठपटकसम्म हात्तीपाईले बिरुद्धको औषधी खुवाईयो’ उनले भने ‘ तर हात्तीपाईलेका रोग न्यूनीकरण हुन नसकेपछि दाङमा नवौ पटक हात्तीपाईले बिरुद्धको औषधी खुवाउन लागिएको हो ।’

हात्तीपाईलेको परजिवी भएको ब्यक्तिबाट लामखुट्टेको टोकाईबाट अर्को ब्यक्तिमा सर्ने रोग भएको भन्दै जस्तो सुकै ब्यक्तिलाई पनि सर्नसक्ने बताए । औषधी खाँदा सामान्य टाउको दुख्ने, वाकवाक लाग्ने, पेटदुख्ने, पखाला लाग्ने, ज्वरो आउने, बान्ता हुने, पेट डुम्म हुने लक्षण देखिएपनि यसले हामीभित्र रहेको फाईलेलेरिया परजीवीलाई नष्ट गर्ने उनको भनाई थियो । यस्तो अबस्थामा प्रसस्त पानी पिउने तथा असर अलि बढि देखिएमा नजिकको स्वास्थ्य संस्थामा जान पनि अनुरोध गरे ।

उनले हात्तीपाईले रोग रोकथामका लागि डाइईथाईलकार्बामजिन चक्की, अबलेन्डाजोल चक्की गरि दुईवटा औषधी उमेर अनुसार मात्रा मिलाएर खुवाईने उनले बताए । हात्तीपाईले रोग बिरुद्धको औषधी १५ देखि १८ सम्म स्कुल स्कुलमा, गाउँगाउँमा गएर खुवाईने तथा १८ गतेपछि पनि नजिकको स्वास्थ्य संस्थामा पुगेर खुवाउन सकिन्छ ।

तुलसीपुरमा ९५ स्वास्थ्यकर्मी
हात्तीपाईले बिरुद्धको औषधी खुवाउन तुलसीपुर उपनगरपालिकामा ९५ स्वास्थ्यकर्मी खटाईएको छ । स्वास्थ्य शाखा प्रमुख गोकर्ण दाहलका अनुसार प्रत्येक वडामा ५-५ जना स्वास्थ्यकर्मी खटाईएको हो । त्यसका लागि ११ लाख २७ हजार बजेट सरकारले पठाएको उनले बताए । तुलसीपुर उपमहानगरपालिकाका प्रमुख घनश्याम पाण्डेको अध्यक्षतामा भएको कार्यक्रममा उपप्रमुख माया आचार्य, स्वास्थ्य शाखाका बिष्णु गिरी, बसन्त आचार्यलगायतले भनाई राखेका थिए । कार्यक्रमको सहजीकरण स्वास्थ्य शाखाका बिमल केसीले गरेका थिए ।

प्रतिकृया

प्रतिकृया