काठमाडौं,
१४-फागुन /  भारतले पाकिस्तान प्रशासित काश्मिरमा १ हजार किलोको बम खसालेको छ।

भारतीय सेनाले मंगलबार विहान साढे ३ बजे पाकिस्तानी सीमा पार गरेर बम खसालेको अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले जनाएको छ। भारतले खसोलेको बमले मानवीय क्षति भने नभएको उसले जनाएको छ।

भारतीय सञ्चारमाध्यमले पनि भारतीय सेनाका १२ वटा लडाकु विमानले १ हजार किलो बम खसालेको पुष्टि गरेका छन्।


ADVERTISEMENT

  



घटनापछि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले गृहमन्त्री, विदेशमन्त्री र मन्त्रिपरिषद्का अन्य महत्वपूर्ण सदस्यहरुको आकस्मिक बैठक बोलाएका छन्।

उता, पाकिस्तानको विदेश मन्त्रालयले भारतले गरेको पछिल्लो हमलाबारे रणीति तय गर्न आपतकालीन बैठक बोलाएको जनाइएको छ।

काश्मिरको पुलवामा १२ दिनअघिको आतंकवादी हमलामा ४० जना सैनिकको मृत्यु भएपछि भारत–पाकिस्तान सम्बन्ध थप तनावग्रस्त बनेको थियो।

प्रतिकृया

प्रतिकृया