दंगीशरण,
१७-फागुन /  शैक्षिक गुण्स्तर बृद्धि गर्न दाङको दुई गाउँपालिकामा गरिब तथा सिमान्तकृत समुदायको गुणस्तरीय शिक्षाका लागि आर्थिक तथा सामाजिक समाबेशीकरण कार्यक्रम शुरु भएको छ ।

दाङको दंगीशरण गाउँपालिका र शान्तिनगर गाउँपालिकामा उक्त कार्यक्रम शुरु भएको छ । समाजमा वातावरणीय शिक्षाको बिकास (सीड) दाङ तथा शान्तिनगर गाउँपालिका र दंगीशरण गाउँपालिकाको सहकार्यमा उक्त कार्यक्रम शुरु भएको हो । शुक्रबार दाङको दंगीशरणमा परियोजनाको बारेमा जानकारी गराईएको हो ।

दाङको ग्रामिण क्षेत्रमा पर्ने ति गाउँपालिकालाई जोड दिएर‘बालिका मैत्री’ शिक्षा शुरु गरिएको हो । सीडका अध्यक्ष राममोती चौधरीको अध्यक्षता तथा शान्तिनगर गाउपालिकाका अध्यक्ष कमानसिंह डाँगी, दंगीशरण गाउँपालिकाका अध्यक्ष भागिराम चौधरीलगायत गाउँपालिकाका वडाका प्रतिनिधि, बिभिन्न शाखाका प्रमुख तथा प्रतिनिधिको सहभागिता रहेको कार्यक्रममा यस्तो जानकारी गराईएको हो ।


ADVERTISEMENT

  



उक्त कार्यक्रम २०२० डिसेम्बरसम्म सञ्चालन हुने सीडका कार्यक्रम निर्देशक भागिराम चौधरीले जानकारी दिए । दाङको शान्तिनगर र दंगीशरण गाउँपालिकाका जम्मा ३९ वटा बिद्यालयमा कार्यक्रम चल्ने उनले बताए ।

सामाजिक, आर्थिक र गुण्स्तरीय शिक्षामा पहुँच तथा बालविवाह न्यूनीकरण गरि गरीब तथा सिमान्तकृत बालवालिका तथा महिलाहरुलाई आत्मसम्मानपूर्बक जीउन पाउने, गरीब तथा सिमान्तकृत बालबालका र महिलाबर्ग स्थानीय तहको निर्णायक तहको प्रक्रियामा सहभागि भई गुण्स्तरीय शिक्षा, सार्बजनीक सेवा तथा स्रोतमा पहुँच पु-याउन एवं शैक्षिक अधिकार प्राप्ती, बालविवाह र लैगिंक बिभेद अन्त्य गर्न उक्त कार्यक्रम लागु गरिएको सीडका कार्यक्रम संयोजक माधव चौधरीले जानकारी दिए । त्यसका लागि एक करोड १५ लाख १६ हजार बजेट समेत छुट्याईएको उनले जानकारी दिए । आईएम नेपालको आर्थिक सहयोगमा कार्यक्रम हुन लागेको हो ।

गाउँपालिका सञ्चालित उक्त कार्यक्रमले छात्राहरु बिद्यालय छाड्ने दरमा कमी आउने दंगीशरण गाउँपालिकाका अध्यक्ष भागिराम चौधरीले बताए । साथै शान्तिनगर गाउँपालिकाका अध्यक्ष कमानसिंह डाँगीले शैक्षिक गुण्स्तर बृद्धिमा यो कार्यक्रले महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताए । सामाजिक परिचालक सीता चौधरीले स्वागत मन्तब्य ब्यक्त गरेको कार्यक्रमको सहजीकरण कार्यक्रम संयोजक माधब चौधरीले गरेका थिए ।

प्रतिकृया

प्रतिकृया