दीपक बोहरा, दाङ
१९-फागुन /  घरमै बच्चा जन्माउँदा दाङमा एक किशोरीको निधन भएको छ । दाङ राजपुर गाउँपालिका वडा नं. ७ लैबरुवा निवासी १७ बर्षीया शिवा केसीको घरमै बच्चा जन्माउँदा निधन भएको हो ।

शनिबार दिउसो १२ बजेतिर घरमै बच्चा जन्माएकी केसीको अत्यधिक रक्तस्राबका कारण निधन भएको राजपुर स्वास्थ्य चौकीका निमित्त प्रमुख खिमबहादुर रावतले जानकारी दिए ।

‘दिउसो १२ बजे बच्चा जन्माएको परिवारले हामीलाई जानकारी दिए, बच्चा घरमै जन्मिएकाले होला, त्यसपछि साल अड्किदा अत्यधिक रक्तस्राब भएको अबस्थामा साँझ ५ बजेतिर स्वास्थ्य चौकी ल्याउनु भएको थियो’ उनले भने ‘ अन्तिम अबस्थामा स्वास्थ्य चौकीमा ल्याएकाले सामान्य सलायन चढाएर हामीले घोराही रेफर ग-यौं ।’ उहाँलाई थप उपचारका लागि राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठान घोराही लगिएको थियो । तर घोराहीमा पुग्नसाथ शनिबार साँझ ७ बजेतिर चिकित्सकले उहाँलाई मृत घोषणा गरेका थिए ।


ADVERTISEMENT

  



ब्यथा लाग्नसाथ स्वास्थ्य चौकी ल्याएको अबस्था सामान्य रहने भएपनि घरमै सुत्केरी गराउन खोज्दा उनको निधन भएको स्वास्थ्य चौकी प्रमुख रावतले बताए । ‘ घरमै सुत्केरी गराउन खोज्दा यस्तो समस्या भयो’ उनले भने ‘ ब्यथा शुरु हुन साथ स्वास्थ्य चौकी ल्याएको भए, यो समस्या हुने थिएन् ।’

तर उनलाई अत्यधिक रक्तस्राब भएर बेहोस भएपछि मात्रै अस्पताल ल्याएको निमित्त प्रमुख रावतले बताए । साल अड्किएकाले उत्यधिक रक्तस्राब भएको र त्यही कारणले उहाँको निधन हुने अबस्था आएको रावतको भनाई छ । उनको बच्चाको अबस्था भने सामान्य रहेको रावतले बताए ।

स्वास्थ्य चौकीमा बिरामीका लागि निःशुल्क रुपमा घरमै एम्बुलेन्स पु¥याउने ब्यबस्था भएपनि बिरामीहरुले चासो नदिदा पटक–पटक यस्तो समस्या हुने गरेको उनको भनाई छ । यस बिषयमा जनचेतना आबश्यक रहेको समेत उनले बताए । आफुहरुले गर्भवती महिलालाई नियमित चेकजाँच गराउन तथा स्वास्थ्य संस्थामा गएर मात्रै सुत्केरी हुन अनुरोध गर्दा पनि अझै पनि स्वास्थ्य संस्था नआउने गरेको उनले बताए ।

वालविवाहले समस्या
स्वास्थ्यका दृष्टिीले २० बर्षभन्दा कम उमेरमा विवाह गर्न उचित मानिदैन् । कानुनमा पनि २० बर्षभन्दा कम उमेरमा विवाह गर्न नपाईने उल्लेख छ । तर अझै पनि लुकिछिपी २० बर्षभन्दा कम उमेरमा बिवाह गर्ने क्रम रोकिएको छैन् ।

सानै उमेरमै विवाह गर्दा पनि यस्तो समस्या निम्तिएको हुन सक्ने स्वास्थ्य चौकी राजपुरका निमित्त प्रमुख खिमबहादुर रावतले बताउनुभयो । कम उमेरमा शारिरीक अंगहरु परिपक्क भईनसकेको भन्दै २० बर्षभन्दा कम उमेरमा आमा बन्नु स्वास्थ्यका लागि जोखिम कार्य भएको समेत बताए ।

सुत्केरी समस्या बढ्दै
पछिल्लो समय राजपुरमा यस्ता समस्या बढ्दै गएको निमित्त प्रमुख रावतले बताए । एकमहिना अघि मात्रैपनि समयमै सुत्केरी महिलालाई अस्पताल नल्याउँदा मृत्यु भएको थियो । गर्भवती अबस्थामा पोशिलो खानेकुरा नखाने, गर्भवती अबस्थामा तुहिने समस्या पछिल्लो समय धेरै देखिएको निमित्त प्रमुख रावतले बताए । उनका अनुसार एक महिनाको अन्तरालमा मात्रैपनि थुप्रै समस्या देखिएका छन् ।

प्रतिकृया

प्रतिकृया