शंकर के सी,सल्यान
२८ फागुन /
ट्रेक्टर दुर्घटनामा परि सल्यानमा दुई जनाले ज्यान गुमाएका छन् ।

जिल्लाको शारदा नगरपालिका वडा नम्बर १ शान्तिनगरमा सोमबार बेलुकी ८ बजे तिर ट्रेक्टर दुर्घटना हुदा शारदा नगरपालिका १२ का २३ बर्षिय गाडी चालक कृष्ण बहादुर डाङी र १३ बर्षिय प्रकाश बुढाथोकीको ज्यान गयको ईलाका प्रहरी कार्यालय श्रीनगरका प्रमुख भागिरथ चन्दले बताएका छन ।

लुहाम सल्यान घर भएका निर्माण व्यावसायि इन्द्र श्रेष्ठको रा १ त ११५१ नम्बरको ट्रेक्टर दुर्घटनामा परेको बताइएको छ । श्रीनगर देखि लान्ती तर्फ जाने क्रममा दुर्घटना भएको थियो ।


ADVERTISEMENT

  



दुर्घटना स्थलमा छत्रेश्वरि गाउँपालिकाका अध्यक्ष सन्तोष केसि, शारदा नगरपालिका वडा नम्बर १२ का अध्यक्ष दिपक हमाल, उद्योग बानिज्य संघ सल्यानका पुर्ब अध्यक्ष सुधन श्रेष्ठ इलाका प्रहरी कार्यालय श्रीनगरका प्रमुख भागिरथ चन्द लगायतले उद्धार गरेका थिए ।

मृतकलाई छत्रेश्वरि गाउँपालिका अध्यक्ष सन्तोष केसिले आफ्नै गाडीमा राखेर जिल्ला अस्पताल सल्यान पुर्याएका थिए ।

प्रतिकृया

प्रतिकृया