तुलसीपुर
२८ फागुन/
नेपाल कम्युनिष्ट पार्टी(नेकपा) संसदीय दलकी सचेतक शान्ता चौधरीको उपचार पछि‘डिस्चार्ज’ भएको छ ।

दाङ तुलसीपुरमा मंगलबार उच्च सरकारी वकिल कार्यालयको नयाँ भवन उद्घाटन कार्यक्रममा मन्तब्य ब्यक्त गरेपछि बेहेस भएकी सचेतक चौधरीको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार पछि ‘डिस्चार्ज’ गरिएको स्वकीय सचिब सन्तोष दहितले बताए ।

उपचारमा संलग्न डा. पदमराज अधिकारीका अनुसार धेरै दौडधुप, उच्च रक्तचार र गेष्ट्राईटिसका कारण एक्कासी बेहोस भएको बताए । साथै उनले ४÷५ दिन आराम गर्न पनि सुझाब दिएका छन् ।


ADVERTISEMENT

  



मंगलबार पौने चारबजेतिर ‘डिस्चार्ज’ भएकी चौधरीले घोराही ४ लक्ष्मीपुर स्थित आफनै घरमा आराम गरिरहेकी छिन् । कार्यक्रममा मन्तब्य ब्यक्त गरिसकेपछि असहज भएपछि तुलसीपुर उपमहानगरपालिकाका प्रमुखको गाडिमा अस्पताल लैजादै गर्दा बाटोमा बेहोस भएकी हुन् । सचेतक चौधरी बिहान करिब १० बजेतिर बेहोस भएकी हुन् ।

प्रतिकृया

प्रतिकृया