उपचारमा लागेको ऋणले घरमा समस्या चुलियो
शंकर के सी,सल्यान

३० फागुन/ साँझ विहानको छाक टार्न नै नसकिने भएपछि सल्यान पैयाँखर्कका जंगविर चलाउने २०७४ सालमा छिमेकी देश भारतमा पैसा कमाउनका लागी गए ।

कडा परिश्रम गरेर केहि पैसा पनि कमाए । जम्मा भएको रकम लिएर घर आएर परिवारलाइ मिठो मसिनो खुवाउने र केहि लत्ता कपडा किनिदीने उनको योजना थियो । शारदा नगरपालिका वडा नम्बर १० स्थीत पैयाँखर्क घर भएका जंगविर परिवारलाइ भेट्ने र खुसि बनाउने उद्देश्य सहित २०७४ को असार महिनामा मजदुरि गरेको पैसा बोकेर नेपाल फर्कदै थिए ।

तर फर्कने क्रममा भारतको हर्दवारमा नचिनेका ब्यक्तिहरुसंग खाजा खानु जिन्दगीकै सबैभन्दा ठूलो दुर्भाग्य भइदियो । नचिनेका ब्यक्तिहरु सँग खाजा खाएकै कारण आफु होसमा नभएको र पछि एकै चोटी ४ दिनपछि अस्पतालमा बिउझँदा दुबै खुट्टा र साथमा भएको पैसा पनि लुटिएको थाहा पाए ।

 



ADVERTISEMENT

  


 


लुटेराहरुले उनको पैसा लुटेर दुबै खुट्टा काटेर छाडिदिएका थिए । वेहोस अवस्थामा खुट्टाविहिन अवस्थामा भेटिएका जंगविरलाइ देख्नेहरुले अस्पताल सम्म पुर्याएका थिए ।

अहिले जंगविरको उपचारमा घरको भएको सबै रकम सकिएर पनि लाखौँ रुपैयाँ ऋण लागेकाले निकै समस्या भएको उनकी श्रीमती कलौटि चलाउनेले बताइन् । आँखाको समस्या भएकी उनले घरमा कमाइ गर्ने व्यक्ति पनि कोहि नभएको भन्दै उपचारमा लागेको ऋन तिर्न र घर खर्च टार्न समस्या भएको बताइन् ।

घरमा पाँच जनाको परिवार भए पनि दुई छोरीको बिहे भइसकेकाले अहिले घरमा ४९ बर्षीय श्रीमती १२ बर्षको छोरा र जंगविर मात्रै छन् । श्रीमती कलौटीले भनिन्, ‘उपचारमा २ लाख बढि खर्च भयो । सबै ऋण काडेर गरेको उपचार हो ।

अहिले त ऋण तिर्न नसकेर समस्या भयो, घरको अरु समस्याको त झन कुरैनगरौँ ।’ जंगविरले आफ्नो थप उपचार हुन नसकेको बताएका छन् । कृत्रिम भएपनि खुट्टा जोडियो भने उनको मनमा केहि खुसि छाउने देखिन्छ ।

उनले भने, ‘खुट्टा जोडेर हिडडुल गर्ने सपना छ, खै कसरि पुरा हुने हो । उपचारका लागी पैसो नहुँदा साह्रै समस्या परेको छ ।’ यसैविच पत्रकार मेघा रेउलेले जंगविरको घरमै पुगेर उपचारमा सानो भएपनि सहयोग पुगोस् भनेर ३ हजार ५ सय रुपैयाँ हस्तान्तरण गरेकी छिन् । मलेसिया बस्ने जित बहादुर खड्काले पठाएको उक्त रकम उनले घरसम्म पुर्याइदिएकि थिइन् ।

प्रतिकृया

प्रतिकृया