दीपक बोहरा
तुलसीपुर,
३० फागुन / प्रदेश नं. ५ का मुख्यमन्त्री शंकर पोखरेलले प्रदेश भित्रका तीनवटै प्रादेशिक अस्पतालमा मिर्गौला रोग उपचारको केन्द्र सञ्चालन गर्न तयार रहेको बताएका छन् ।

विश्व मिर्गौला दिवसका अवसरमा बिहीबार तुलसीपुर उपमहानगरपालिका स्वास्थ्य महाशाखाले आयोजना गरेको नसर्ने रोगसम्बन्धि अन्तक्र्रिया कार्यक्रमलाई सम्बोधन गर्दै उनले प्रदेशका तीनवटै प्रादेशिक अस्पतालमा बिशेषज्ञसहितको मिर्गौला रोग उपचार केन्द्र सञ्चालन गर्न प्रदेश सरकार तयार रहेको बताए ।

‘प्रदेशका तीनवटा प्रादेशिक अस्पतालमा मिर्गौला रोग उपचारको केन्द्र सञ्चालन गर्न हामी तयार छौं’ कार्यक्रममा सहभागि बरिष्ठ मिर्गौला रोग बिशेषज्ञ डा. ऋषिकुमार काफ्ले तर्फ ईंकित गर्दै उनले भने ‘ बिज्ञ डाक्टरसावहरुले यसका लागि प्रस्ताब ल्याएर आए हामी सहकार्य गर्न तयार छौं ।’


ADVERTISEMENT

  



पछिल्लो समय परिबर्तन भएमो मानिसको सुखमय जीवनशैलीले मिर्गौला रोगीहरुको संख्या बढ्दै गएको भन्दै अब काठमाडौंमा मात्रै नभएर प्रदेशस्तरमा पनि मृगौला रोगीहरुको लागि प्रभाबकारी उपचार केन्द्र सञ्चालन गर्न डा. काफ्लेलाई अनुरोध गरे । साथै उनले प्रदेश भित्रका तीनवटा प्रादेशिक अस्पतालको स्तरबृद्धि गर्न प्रदेश सरकारले योजना बनाएको समेत बताए ।

उनले तीनवटा अस्पताललाई फरक–फरक बिशेषज्ञ सेवाको रुपमा बिकास गर्ने बताए । ‘ हामीले प्रदेश भित्रका तीनवटा प्रादेशिक अस्पतालमध्ये कुन अस्पताललाई कुन बिशेषज्ञको रुपमा बिकास गर्ने भन्ने योजना बनाएका छौं’ उनले भने‘ केन्द्रले त्यही अनुसार अधिकार दिए हामी अस्पतालको स्तरबृद्धि गर्न तयार छौं ।’

त्यस्तै मुख्यमन्त्री पोखरेलले आँखाको उपचारका लागि आधारभुत तहको बिशेषज्ञ सेवा प्रदेश भित्रबाट दिनका लागि पनि प्रदेश सरकारले नीति बनाएको बताए । मुख्यमन्त्री पोखरेलले कार्यक्रममा सहभागि बरिष्ठ आँखा रोग बिशेषज्ञ डा. सन्तुक रुईततर्फ ईंकित गर्दै भने‘ डा. सावले योजना बनाएर ल्याउनुस्, हामी प्रदेश भित्र आधारभुत तहको बिशेषज्ञ सेवा प्रदानका लागि सहकार्य गर्न तयार छौं ।’

तुलसीपुर उपमहानगरपालिकाका प्रमुख घनश्याम पाण्डेको अध्यक्षतामा भएको कार्यक्रममा मुख्यमन्त्री पोखरेलले मिर्गौला रोगबाट बच्न खानपानमा ध्यान दिन समेत आग्रह गरे ।‘

हामी धुम्रपान स्वास्थ्यका लागि हानिकारक भन्छौं, तर त्यही खाईरहेका छौं’ उनले भने‘ त्यसैले हामीले स्वस्थ्यका लागि ब्यबहारमा उतार्नुपर्ने बताए ।

उपमहानगरपालिकाका उपप्रमुख माया आचार्यले स्वागत मन्तब्य ब्यक्त गरेको कार्यक्रममा बरिष्ठ मृगौला रोग बिशेषज्ञ डा. ऋषिकुमार काफ्लेले हामीले खानपानमा ध्यान नदिदा पछिल्लो समय मिर्गौलाको समस्या बढेको बताए ।

उनले उनले जंकफुड भन्दा घरमा बनेको खानेकुरा खानुपर्ने, दैनिक १० हजार पाईला ( ७ किलोमिटर) हिड्नुपर्ने, बर्षमा एकपटक मृगौला जाँच गराउनु पर्नेलगायतका कुराहरुमा ध्यान दिनुपर्ने बताए ।

कर्यक्रममा अँखा रोग बिशेषज्ञ डा. सन्दुक रुईतले बिद्यालयमा बिद्यार्थीहरुको अनिवार्य रुपमा आँखा जाँच गराउनुपर्ने बताए ।
त्यस अवसरमा तुलसीपुर उपमहानगरपालिका वडा नं. ६ का वडाध्यक्ष नबराज लामिछानेले डा. काफ्लेको मृगौला बचाऔं अभियानका लागि २५ हजार एक र प्रसंसा केसीले पाँचसय रुपैयाँ सहयोग पनि गरेका थिए ।

त्यस अवसरमा तुलसीपुर उपमहानगरपालिका स्वास्थ्य महाशाखाका प्रमुख डा. गोकर्ण दाहालले पछिल्लो समय सर्ने भन्दा नसर्ने रोगले मानिशहरु पीडित हुने गरेको भन्दै यसमा हामी आफै सचेत रहन आबश्यक रहेको बताए ।

अहिले ६० देखि ६५ प्रतिशत मानिशहरु नसर्ने रोगबाट मरिरहेको समेत बताए । गएको आर्थिक बर्षमा दाङमा २७ हजार नौसय रक्तचापका बिरामी, १६ हजार चारसय ११ बिरामी मिर्गौलाका (जसमा ८ सय २० जनाको हाल डायलासिस भईरहेको ) , २१ हजारबढि डायबिटिजका बिरामी रहेको बताए ।

कार्यक्रमको सहजीकरण प्रमुख डा. दाहालले गरेका थिए । कार्यक्रम शुरु हुनुपूर्ब सचेतनामुलक ¥यालीले बजार परिक्रमा गरिएको थियो ।

प्रतिकृया

प्रतिकृया