निमुसंगम घर्ती,घोराही
३० फागुन/ घोराही मुर्कुटी हुदै प्युठानको देबिस्थान सम्म जाने सडकको २०१६ सालमा घोरेटो खनियो ।

नागरिकहरुको मेहनतले कोदालो, गैती, बेल्चा र बलाष्ट गरेर बाटो बनाउन सुरु भयो । २०१६ साल पछि विभिन्न सयममा उक्त सडक केही फराकिलो बने पनि अहिले सम्म कालोपत्रे बन्न सकेन । भालुबाङ हुदै प्युठान जोड्ने सडक २०५० साल पछि बन्यो तर कालोपत्रे सँगै दिगो सडक बनेपनि घोराही मुर्कुटी देबिस्थानको सडकको सुधार हुन सकेन ।

२०३५ साल पछि उक्त सडकमा गाडीहरु चल्न थालेको बताउनुहुन्छ बंगलाचुली गाउँपालिकाका अध्यक्ष भक्तबहादुर वली । ठूलो भुगोल र बस्तीलाई छुने उक्त सडकको लामो समय सम्म स्तरउन्नती नहुदा नागरिकहरुले सधै सास्ती पाए । तर अहिले त्यही सडकमा युद्धस्तरमा काम भैरहेको छ । बर्षौ सम्म स्तरउन्नती हुन नसकेको घोराही मुर्कुटी देबिस्थान सडकले अब भने मुहार फेर्दै छ ।


ADVERTISEMENT

  



चालु आर्थिक बर्ष देखी संघ सरकारबाट मदनभण्डारी राजमार्गको नामाकरण गरेर स्तरउन्नतीको कामलाई अघि बढाईएको छ । उक्त सडक खण्डको घोराही १७ धाईरेखुटी देखी तापा चोक सम्मको २० किलो मिटर र तापा चोक देखी देविस्थान सम्मको सडकमा दुई ब्लकमा स्तरउन्नती सँगै कालो पत्रेको तयारी भएको छ । लुम्बिनी जलजला जेभीले निर्माणको ठेक्का लिएर अहिले युद्धस्तरमा कामलाई अघि बढाएको छ ।

धाईरेखुटी देखी तापा चोक सम्मको २० किलो मिटरका लागि निर्माण कम्पनीले ३० करोड रुपैयाँको ठेक्का लिएर कामलाई अघि बढाएको छ । जलजलाले अहिले सडक फराकिलो पार्ने, वाल लगाउने, नाला बनाउने र रोलिङ गर्ने कामलाई एकसाथ अघि बढाएको निर्माण कम्पनीका प्रमुख इश्वर पुनले जानकारी दिएका छन । उक्त काममा २५ वढी गाडीहरु प्रयोग भएको र ६ सय बढी मजदुरले काम गरिरहेको बताएका छन ।

जति सक्यो छिटो गुणस्तरीय सडक तयार पारेर हस्तान्तरण हुने उनको भनाई छ । उता तापा चोक देखी माथी देविस्थान सम्मको १२ किलो मिटर सडकमा पनि कालोपत्रेका लागि तिब्रगतिमा काम भैरहेको छ । एक भागमा २० र अर्को भागमा ५ करोड बजेटको काम भैरहेको सडक डिभिजन कार्यालयका इन्चार्ज लिलाबहादुर भण्डारीले जानकारी दिएका छन ।

चालु आर्थिक बर्षमा धाईरेखुटी देखी माथी र देबिस्थान देखी यता १५ किलो मिटर जति सडक कालोपत्रे गर्ने योजनाका साथ काम भैरहेको उनले बताएका छन । बहुबर्षिय योजना अनुसार काम सुरु भएको र अब छिट्टै यात्रामा सहजता आउने उहाँको बिश्वास रहेको छ । उक्त सडकको स्तरबृद्धी भएपछि दाङका पहाडी भेग र प्युठानबाट आवतजावतका लागि नागरिकहरुलाई निकै सहज हुने छ ।

प्रतिकृया

प्रतिकृया