तुलसीपुर
३० फागुन/ दाङको तुलसीपुर उपमहानगरपालिकालाई मोतियाबिन्दु मुक्त उपमहानगर बनाउन अभियान शुरु गरिएको छ ।

उक्त अभियानको बिहीबार प्रदेश नं. ५ का मुख्यमन्त्री शंकर पोखरेलले उद्घाटन गरेका हुन् ।सोही अभियान अन्तर्गत तुलसीपुर उपमहानगरपालिका वडा नं. १ पवननगरको बीरेन्द्र माबि भ्यूडहर,सुनपुरमा निःशुल्क मोतिबिन्दुको अप्रेसन शविरको आयोजना गरि त्यस क्षेत्रका एकसय जनाको मोतियाबिन्दुको अप्रेसन गरिएको हो ।

त्यस अवसरमा मुख्यमन्त्री पोखरेलले संसार देखाउने आँखाको स्वास्थ्यमा बिशेष ध्यान दिनुपर्ने बताए । आँखा हाम्रो शरीरको महत्वपूर्ण अंगभएको भन्दै यसलाई जोगाउन हामीले खानपानमा ध्यान दिनुपर्ने समेत बताए ।


ADVERTISEMENT

  



हामीले आँखालाई पटक–पटक जाँज गराउनु पर्ने बताए ।साथै महिलाहरुको पाठेघरको क्यान्सर तथा मिर्गौला रोगको परीक्षण पनि गरिएको थियो ।

तुलसीपुर उपमहानगपालिका वडा नं. १ का अध्यक्ष लक्ष्मण भण्डारीको अध्यक्षतामा भएको कार्यक्रममा बरिष्ठ आँखा रोग बिशेषज्ञ डा. सन्दुक रुईत, बरिष्ठ मिर्गौला रोग बिशेषज्ञ डा. ऋषिकुमार काफ्ले, तुलसीपुर उपमहानगरपालिकाका प्रमुख घनश्याम पाण्डेलगायतले मन्तब्य ब्यक्त गरेका थिए ।

तुलसीपुर उपमहानगरपालिला स्वास्थ्य शाखा प्रमुख डा. गोकर्ण दाहालले स्वागत मन्तब्य ब्यक्त गरेको कार्यक्रममा वडा नं. २ का अध्यक्ष राजु आचार्यले धन्यवाद ब्यक्त गरेका थिए, भने कार्यक्रमको सहजीकरण तुलसीपुर उपमहानगरपालिकाका प्रबक्ता श्याम डाँगीले गरेका थिए ।

प्रतिकृया

प्रतिकृया