तुलसीपुर,
३०-फागुन /  दाङ तुलसीपुरको राप्ती बबई क्याम्पसको नयाँ सञ्चालक समितिले पदभार ग्रहण गरेको छ । क्याम्पसको २०७५ को नयाँ सञ्चालक समितिलाई बिहीबार एक कार्यक्रम गरि पदभार ग्रहण गराउनुका साथै सफत खुवाईएको हो ।

क्याम्पस सञ्चालक समितिका निर्वाचन अधिकृत महेशप्रसाद आचार्यको अध्यक्षता तथा पूर्बसांसद बुद्धिराम भण्डारीको प्रमुख अतिथ्यतामा कार्यक्रम भएको हो । त्यस अवसरमा तुलसीपुर उपमहानगरपालिका वडा नं. १२ का अध्यक्ष सूर्यबहादुर डाँगी, नेकपा तुलसीपुरका अध्यक्ष खुसीराम चौधरी, नेपाली कांग्रेसका नेता जगतबहादुर खड्का, लेबेन्द्र धित्ताल, सुरेन्द्र खड्का, क्याम्पसर प्रमुख लक्ष्मण कुमार रेग्मी, क्याम्पस स्वबियू सभापति अनिल कार्कीलगायतले क्याम्पसको नयाँ सञ्चालक समितिले क्याम्पस ब्यबस्थापनमा ध्यान दिनुपर्ने बताएका थिए ।

यस क्षेत्रको नमूना क्याम्पसका रुपमा रहेको भन्दै यसको थप गुण्स्तर कायम गर्नका लागि नयाँ सञ्चालक समितिले प्रभाबकारी काम गर्नुपर्ने बताएका थिए । त्यस अवसरमा नबनिर्वाचित अध्यक्ष बिष्णुकुमार देवकोटाले क्याम्पसको थप सुधारमा पहल थाल्ने बताए । कार्यक्रमको सहजीकरण निर्वाचन सदस्य तथा सहायक क्याम्पस प्रमुख सुर्यप्रसाद शर्माले गरेका थिए । ४ बर्षे कार्यकालका लागि बिष्णुकुमार देवकोटाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरिएको हो । बुधबार चयन भएको नयाँ कार्यसमितिको उपाधक्ष्यमा मिनराज ओली, कोषाअध्यक्षमा बिनिल केसी चयन भएका छन् ।


ADVERTISEMENT

  



त्यस्तै सदस्यहरुमा निर्मल आचार्य, नरेशराज भण्डारी, मोहन भण्डारी, निर्मल आचार्य(ब) चयन भएका हुन् । क्याम्पस सञ्चालन समितिको फागुन १८ गते भएको विशेष साधारणसभाले फागुन २९ गते बिद्यालयको नयाँ नेतृत्वका लागि प्रक्रिया अघि बढाउने निर्णय गरेको थियो ।

सोही अनुसार बुधबार सर्बसम्मत नयाँ कार्यसमिति चयन गरिएको निर्वाचन समितिका संयोजक महेशप्रसाद आचार्यले बताए । १७ सदस्यीय रहने सञ्चालक समितिमा बुधबार सातसदस्य निर्बिरोध चयन गरिएको हो । भने चार जना सदस्य सञ्चाक समितिबाट मनोनयन हुने र अन्य सदस्यहरु पदेन सदस्य रहने व्यवस्था रहेको छ ।

प्रतिकृया

प्रतिकृया