तुलसीपुर,
३०-फागुन /  प्रदेश नं. ५ का मुख्य मन्त्री शंकर पोखरेलले विहिवार तुलसीपुरको रक्षाचौर स्थीत राप्ती आँखा आंखा अस्पतालको स्थलगत अनुगमन तथा निरिक्षण गरेका छन् ।

मुख्य मन्त्री सहित वरीष्ठ आंखा रोग विशेषज्ञ डा सन्दुक रुइत, मृगौलारोग विशेषज्ञ डा ऋषिकुमार काफ्ले र तुलसीपुर उपमहानगरपालिकाका प्रमुख घनश्याम पाण्डे सहितकोटोलिले अस्पतालको निरीक्षण लगा अनुगमन गरेका हुन ।

अनुगमनपछि आयोजित कार्यक्रममा बोल्दै मुख्यमन्त्री पोखरेलले आँखा अस्पतालले यस क्षेत्रका जनताहरुलाई सर्वशुल्भ सेवा प्रवाह गरेको बताए ।‘नेपालमा रहेका आँखा अस्पतालहरुले दिदै आएको सेवा प्रवाभकारीछ, अस्पतालको विकाशका र विशेषज्ञ सेवा प्रवाहका लागि प्रदेश सरकारले पनि सहयोग गर्नेछ,’ मुख्यमन्त्री पोखरेलले भने ।

 



ADVERTISEMENT

  


 


उनले आउँदो आर्थिक बर्षको बजेटमा तुलसीपुर स्थीत आँखा अस्पतालको भौतिक पुर्वाधार निर्माणमा विशेष सहयोग गर्ने बताए । वरिष्ठ नेत्रविशेषज्ञ डा सन्दुक रुइतले पनि नेत्रज्योती संघले सन्चालन गरेको अस्पतालको समयसापेक्ष विकाशमा आफ्नो पनि महत्वपुर्ण भुमिका रहने बताए ।‘तपाँइहरुले चलाएको अस्पतालको सवै अवस्था हेर्यौ, यसमा मेरो तर्फबाट पनि आवस्यक सहयोग हुने प्रतिवद्धता व्यक्त गर्दछु’’डा रुइतले भने ।

नेपाल नेतत्रज्योती संघ दाङका सभापति कृष्णकुमार गिरीले अस्पतालको विकाशका लागि आफुहरु लागीपरेको भन्दै सहयोगका लागि मुख्यमन्त्री संग आग्रह गरेका थिए ।उनले सवैको सहयोग र सहकार्यबाटनै हाल गुणस्तरीय सेवा दिएको भन्दै अस्पतालको विकाशमा सवैको सहयोग आवश्यक भएको बताए ।

अस्पतालका वरीष्ठ प्रशासकिय अधिकृत सम्शेर थापाले अन्धोपन निवारणका सवालमा अस्पतालले गर्दै आएका गतिविधिहरु तथा भावि गुरुयोजनाका विषयमा जानकारी गराएका थिए । अस्पातलका चिफ मेडिकल डाइरेक्टर नेत्ररोग विषेयज्ञ डा. सुलक्ष्मी कटुवालले अस्पतालले दिदै आएको सेवाको वारेमा मुख्यमन्त्रीलाई जानकारी गराइकी थिइन् ।

प्रतिकृया

प्रतिकृया