तुलसीपुर
७ चैत / फागु अर्थात् होली पर्व आज दाङ सहित तराईका जिल्लामा हर्षोल्लासका साथ मनाइँदैछ ।

फागुन शुक्ल पूर्णिमाका दिन मनाइने यो पर्व पहाडी हिमाली र तराई क्षेत्रमा फरक–फरक दिन मनाईने गरिन्छ । भौगोलिक संरचना र मान्यता अनुरूप फागु पूर्णिमा मनाउने चलन छ । । काठमाडौं उपत्यका सहित पहाडी जिल्लामा बुधबार नै फागु पूर्णिमा मनाइएको छ ।

तर, जनकपुर बाहेक तराईका अन्य जिल्लाहरूमा भने विहिवार होली मनाइँदै छ । जनकपुरमा भने शुक्रवार होली पर्व मनाईने भएको छ । होलीका अवसरमा केन्द्र सरकारले १ दिन सार्वजनिक बिदा दिएको छ ।


ADVERTISEMENT

 



पहाडी जिल्लामा बुधबार सार्वजनिक बिदा दिइएको भए पनि दाङ सहित तराईका जिल्लामा विहिवार सार्वजनिक विदा दिईएको छ । वसन्त ऋतुको आगमनको सुरुवातमा पर्ने फागु पर्व एक आपसमा मैत्रीभाव प्रकट गर्न सामूहिक रुपमा भेला भएर एक अर्कामा रंग दलेर मनाउने गरिन्छ ।

दाङका विभिन्न स्थानहरुमा विहिवार विहानै देखी होली खेल्न सुरु गरिएको थियोे । विहिवार २१ मार्च अर्थात अन्र्तराष्टिय जातिय उत्पीडन विरुद्धको दिवस परेकाले तुलसीपुर उपमहानगरपालिले दिवसलाई पर्वको रुपमा मनाएको छ । 

प्रतिकृया

प्रतिकृया