तुलसीपुर,
७-चैत /  एकताको सन्देश दिन दाङमा पत्रकारहरुले सामूहिक होली मनाएका छन् ।

केन्द्रमा एकता भएपनि जिल्ला तहमा एकता नहुँदा दुईसंगठनबीचको क्रियाशिलतामा कमी आएको भन्दै प्रेस चौतारी दाङ र प्रेस सेन्टर दाङले सामूहिक होली मिलान कार्यक्रमको आयोजना गरेका हुन् ।

दुबै संगठनको संयुक्त आयोजनामा बिहीबार दाङको घोराही उपमहानगरपालिका वडा नं. २ मैनेमा होली मिलन कार्यक्रम भएको प्रेस चौतारी दाङका अध्यक्ष जयनारायण पुनले बताए ।


ADVERTISEMENT

  



‘केन्द्रमा दुई संगठनबीच एकखालको सहमती भएको छ, तर जिल्लामा अझै पनि एकताको टुंगो लागेको छैन्’ उनले भने ‘ अहिले जिल्लामा दुबै संगठनको अस्तित्व कम हुँदै गएको छ, त्यसैले संयुक्त संगठनको एकताको सञ्देश दिन यो कार्यक्रमको आयोजना गरेका हौं ।’

अहिले जिल्लामा दुबै संगठनबीचको एकता प्रकृया नटुंगिदा अन्यौल सिर्जन भएको भन्दै अब दुबै संगठनका सदस्यहरु एक भएको सञ्देश दिन यो कार्यक्रमले महत्वपूर्ण भूमिका खेलेको प्रेस सेन्टर दाङका कार्यबहाक अध्यक्ष प्रकाश चौधरीले बताए । यो कार्यक्रमले दुबै संगठनहरु एक भएको सन्देश दिने समेत उनले बताए ।

प्रतिकृया

प्रतिकृया