दुर्घटना हुँदा ४ घाईते

तुलसीपुर,
७-चैत /  बहिनीलाई जबरजस्ती होली नदल्न आग्रह गर्दा दाङमा एक दाजु कुटिएका छन् ।

तुलसीपुर उपमहानगरपालिका वडा नं १८ बिजौरी निवासी जीतबहादुर चौधरीलाई १० जनाको समूहले कुटपिट गरेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।


ADVERTISEMENT

 



बहिनी शोभालाई लखेटि–लखेटि होली दल्न लागेको बेला चौधरीले नदल्न आग्रह गरेपछि कुटपिट गरिएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी उपरीक्षक बेलबहादुर पाण्डेले जानकारी दिए ।

उनका अनुसार चौधरीको टाउकोमा गम्भीर चोट लागेको छ । राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचारपछि चौधरीको थप उपचारका लागि कोहलपुर लगिएको छ ।

चौधरी जिल्ला प्रहरी कार्यालय रुपन्देहीमा कार्यरत रहेको र घर विदामा आएको समयमा होली खेल्न निस्किएको समुहबाट कुटिएको प्रहरीले बताएको छ । साथै कुटपिट गरेको आरोपमा प्रहरीले १० जनालाई पक्राउ पनि गरेको छ ।

पक्राउ पर्नेमा १६ बर्षीय शुरेस बस्नेत, १५ बर्षीय टेकलाल पुन, १६ बर्षीय कमल राना, १६ बर्षिय भुवन परियार, १५ बर्षीय प्रकाश घर्ती, १६ बर्षीय सन्तोष पुन, १८ बर्षीय शिखर बस्नेत, १७ बर्षीय माधव वली, १७ बर्षीय दिनेश विक, १७ बर्षीय बिक्रम बिक रहेको प्रहरीले बताएको छ ।

११६ चालक पक्राउ
प्रहरीले मादक पदार्थ सेवन गरेर सवारी साधन चलाउने एकसय १६ जनालाई नियन्त्रणमा लिएको छ । जसमा ९४ वटा मोटरसाईकल चालक, १२ वटा स्कुटर, २ वटा कार, ६ वटा अटो रिक्सा, २ वटा ट्याक्टरका चालकलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायब उपरीक्ष बेलबहादुर पाण्डेले बताए ।
उच्छृङखल गतिबिधि गर्ने ५९ जनालाई पक्राउ गरेको छ । जबरजस्ती रंगलगाउउने ५९ जनालाई पक्राउ गरिएको हो ।

दुर्घटना हुँदा चारजना घाईते
दाङमा दुर्घटना हुँदा चारजना घाईते भएका छन् । दाङका बिभिन्न स्थानमा भएको दुर्घटनामा परि चारजना घाईते भएका हुन् । दाङको धारापानी, रिहार, खिलतपुर र गोग्लीमा सवारी दुर्घटना हुँदा चारजना घाईते भएका हुन् ।

घरको छतबाट खस्दा बालक घाईते
होली खेलेको हेर्न गएको बेला घरको छतबाट खस्दा दाङमा एक बालक घाईते भएका छन् । आज बिहान ८ बजेतिर शान्तिनगर गाउँपालिका ३ पातेटाकुरा घर भई हाल तुलसिपुर उप–महानगरपालिका– वडा नं. ९ अम्रितटोल स्थित कोठाभाडामा बस्ने गौरी केसीका १२ बर्षीय छोरा बिप्लव केसी घाईते भएको प्रहरीले बताएको छ । उनको राप्ती प्रादेशिक अस्पतालमा सामान्य उपचारपछि थप उपचारका लागि कोहलपुर रेफर गरिएको छ ।

प्रतिकृया

प्रतिकृया