तन, मन, धनले जेष्ठ नागरिकको हेरचाह गर्नु हरेकको दायित्व

सल्यान,
११-चैत्र /  जेष्ठ नागरिकबाट मौलिक कला संस्कृती र विभिन्न सिप नयाँ पुस्ताले सिक्न आवश्यक रहेको सल्यान सिद्धकुमाखमा आयोजित कार्यक्रमका वक्ताहरुले जोड दिएका छन् ।

सिद्धकुमाखको ३ नम्बर वडा कार्यालयले ७० वर्ष पुगेका जेष्ठ नागरिकलाइ सम्मान गर्नका लागी आयोजना गरेको कार्यक्रममा वक्ताहरुले जेष्ठ नागरिकमा धेरै ज्ञान, सिप र संस्कृती रहने भएकाले उनीहरुबाट सिक्नुपर्ने र अग्रजको सम्मान गर्न सक्नुपर्ने कुरामा जोड दिएका हुन् ।


ADVERTISEMENT

  



८९ वर्षिय जेष्ठ नागरिक लिलाधर वलिको अध्यक्षतामा भएको कार्यक्रममा ७० वर्ष पुगेका तथा सामाजिक सूरक्षा भत्ता र उपचार खर्च पाइरहेका ४१ जना जेष्ठ नागरिकहरूलाइ दोसल्ला ओडाएर सम्माण गरिएको थियो ।

कार्यक्रममा वडाध्यक्ष शालिकराम बुढाथोकीले जेष्ठ नागरिकका लागि परिवार, समुदाय र राज्यले विशेष ध्यान दिनुपर्ने तथा घर परिवारका सदस्यले यथोचित माया ममता, प्रेम र समय दिनुपर्ने बताए । सामाजिक परिचालक लक्ष्मी अधिकारीले सहजिकरण गरेको कार्यक्रमका अन्य वक्ताहरुले निरन्तर रूपमा तन, मन, धनले जेष्ठ नागरिकको हेरचाह गर्नु हरेकको दायीत्व रहेको बताएका थिए ।

प्रतिकृया

प्रतिकृया