ओमप्रकाश गुप्ता, भालुवाङ
११-चैत /  राप्ती गाउँपालिका स्तरीय समुदाय प्रहरी समितिको बैठक सोमबार सम्पन्न भएको छ ।

समितिका अध्यक्ष राप्ती गाउँपालिका अध्यक्ष नुमानन्द सुवेदीको अध्यक्षतामा बसेको बैठकले खुला मदिरा नियन्त्रणका लागि नयाँ रणनीति निर्माण गरिएको छ ।

त्यस्तै बैठकले घरेलु तथा लैङगिक हिंसा, सामाजिक विभेद, फरक क्षमता भएकालाई गरिने दुब्र्यबहार न्युनीकरण गर्न प्रशिक्षण कार्यक्रम गर्ने, माईकिङ गर्ने , सचेतना कार्यक्रम बैशाख १० देखी १५ दिन सम्म संञ्चालन गर्ने, लागु औषध विरुद्ध पर्चा पम्पलेट वितरण गर्ने, बैठकमा वडा स्तरीय मेलमिलाप समिति, न्यायीक समितिको काम, विद्यालय, प्रहरी समिति, निगरानी समुह, आमा समुह, सामुदायिक वडा प्रहरीको कार्यलाई तिब्रता दिन समेत आग्रह गर्न गराउन अनुरोध गरिएको छ ।


ADVERTISEMENT

  



बैठकमा समितिका उपसंयोजक जगदम्वाकुमारी चौधरी, उपसंयोजक तथा प्रहरी निरिक्षक रविन्द्रराज पाण्डे, सदस्यहरुमा वडाध्यक्षहरु गोवर्धन रावत, बेदप्रसाद चौधरी, विद्याशरण चौधरी, विष्णुबहादुर घर्ती क्षेत्री, ताराबहादुर डिसी, चन्दर चौधरी, प्रहरी सहायक निरीक्षक तिर्थराज भुसाल, प्रधानाध्यापक किरण पोख्रेल, राप्ती उद्योग बाणिज्य संघका बरिष्ठ उपाध्यक्ष टोपबहादुर कार्की, राप्ती गाउँपालिका स्तरीय सामुदायीक प्रहरी उपाध्यक्ष उमेश अधिकारी, रेडक्रसका उपशाखाका सचिव प्रमोद पौडेल, बहादुरकर्ण केसी, शारदा भुसाल, डिलबहादुर कुमाल, दोर्णबहादुर जिसी, छविलाल थापा, युवराज न्यौपाने, रमेश कडेल, यादव आचार्य, दामोदर भण्डारी, जमिर शाह रहेका थिए ।

बैठकमा समितिको उदेश्य तथा गरिने पछिल्लो गतिविधि, आएका समस्या, चुनौती, अभियानका वारेमा उपसंयोजक प्रहरी निरिक्षक रविन्द्रराज पाण्डे तथा सदस्य सचिव प्रहरी सहायक निरीक्षक तिर्थराज भुसालले जानकारी गराएका थिए ।

प्रतिकृया

प्रतिकृया