दीपक बोहरा, जलुके(बबई)
१२-चैत /  दाङको बबई गाउँपालिका वडा नं. ५ को जलुके स्थित बबई नदीमा अबैद्य उत्खनन् भएको पाईएपछि जिल्ला अनुगमन समितिले उत्खनन गर्न रोक लगाएको छ ।

वातावरण प्रभाब मुल्याङ्कन ( ईआईए) गरेको स्थानभन्दा बढि क्षेत्रमा अबैद्य उत्खनन् गरेको, जिल्ला समन्वय समितिको अनुमतिबिना स्काभेटर प्रयोग गरेको पार्ईएपछि जिल्लाको अनुगमन तथा समन्वय समितिले उत्खनन् गर्न रोक लगाएको समितिका संयोजक जितेन्द्रमान नेपालीले बताए ।

‘हामीले ईआईए गरेका स्थानमा स्काभेटर प्रयोग गर्न भनि अनुमति दिएका थिएनौं, तर यहाँ स्काभेटर प्रयोग गरिएको रहेछ, मापदण्डभन्दा बढि उत्खनन् गरिएको रहेछ’ उनले भने ‘ त्यसैले हामीले यहाँ उत्खनन् बन्द गरेका छौं ।’ ईआए गरेको स्थानमा झण्डा गाडेर उत्खनन् गर्नुपर्ने भएपनि खोलामा मनपरी रुपमा दोहन गरिरहेको पाईएको हो ।


ADVERTISEMENT

  




बबई गाउँपालिकासंग सहमती गरेर बिभिन्न चारवटा ब्यबसायीले ठेक्का पाएर उत्खनन् गरिरहेको पाईएको उनको भनाई छ । त्यस क्षेत्रका तीन स्थानमान मात्रै ईआईए गरेको भएपनि त्यस क्षेत्रका आसपासमा धेरै क्षेत्रमा अबैद्य उत्खनन् भएको प्रमुख नेपालीले बताए । यस स्थानमा अबको केही दिनमा प्राबिधिकको टोलीसहितले अनुगमन गर्ने र त्यस पस्चात सहमतिका आधारमामात्रै उत्खनन् खुल्ला गर्ने उनले बताए ।



साथै उत्खनन्मा प्रयोग हुने तीनवटा स्काभेटर र पाँचवटा टिप्परपनि नियन्त्रनमा लिईएको छ ।


अबैद्य उत्खनन् भएको सूचना पाएपछि जिल्ला अनुगमन तथा सम्वय संयोजक जितेन्द्रमान नेपाली, दाङका प्रमुख जिल्ला अधिकारी गोविन्दबहादुर रिजाल, जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी उपरीक्षक बेलबहादुर पाण्डे सहितको टोलीले अनुगमन गरेको थियो । गाउँपालिका अध्यक्षको मिलेमतोमा अबैद्य रुपमा उत्खनन् हुने गरेको स्थानीयले गुनासो गरेपछि उक्त टोलीले अनुगमन गरेको हो ।


पटक-पटक गाउँपालिका यस बिषयमा बिवादित हुँदै आएको छ । यस अघि पनि ढुगाजन्य बस्तु उत्खनन्का बिषयमा गाउँपालिका बिवादमा तानिदै आएको थियो । आईतबार मात्रै पत्रकारहरुको एक संगठनले गाउँपालिकामै आयोजना गरको कार्यक्रममा जिल्ला समन्वय समितिलाई माथिल्ला तहको सरकारको रुपमा नलिने गाउँपालिकाका अध्यक्ष भुवनेश्वर पौडेलले प्रतिक्रिया दिएका थिए ।

पत्रकारहरुले उत्खनन्को बिषयमा सोधेको प्रश्नमा जवाफ दिदै उनले भनेका थिए‘ सबै अधिकार माथि नै सिमित गर्न खोजिएको छ, यसरी स्थानीय तहले सफलता हात पार्दैनन्, र संघीयताले फेल खान्छ ।’ उनको यो प्रतिक्रियाले नदिजन्य पदार्थ उत्खनन्को जिम्मा सम्बन्धित स्थानीय तहलाई नै दिनुपर्छ भन्ने नै थियो । तर यस बिषयमा मंगलबार प्रतिक्रिया लिन खोज्दा उनको फोनमा सम्पर्क हुन सकेन् ।

पटक-पटक उजुरी गर्दा पनि सुनुवाई भएन्
बिगत लामोसमयदेखि यसरी अबैद्य उत्खनन् भएपनि सरोकारवाला निकायले कुनै चासो नदेखाएको स्थानीयले गुनासो गरेका छन् । स्थानीय बलबहादुर बुढाले भने‘हामीले लामो समयदेखि अबैद्य उत्खनन् भएको भनी दाङका सबै सरोकारवालालाई जानकारी दियौं, तर कसैले पनि कुनै चासो नदिदा हामी थकित भएका थियौं ।’


नदी आसपासमा बस्ति भएकाले बर्षादमा बस्तिमै बाढी पस्ने डरले आफुहरुले पटक–पटक यस बिषयमा सम्बन्धित निकायमा ध्यानाकर्षण गराएको भएपनि कुनै सुनुवाई नभएको गुनासो थियो । यस क्षेत्रबाट रातीराती पनि उत्खनन् हुने गरेको स्थानीय देवकली भण्डारीले बताए ।

प्राबिधिक बिनाको अनुगमनण
जिल्लाबाट जिल्ला समन्वय समितिका प्रमुख तथा अनुगमन समितिका संयोजक जितेन्द्रमान नेपाली, प्रमुख जिल्ला अधिकारी गोविन्द रिजाल, जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी उपरीक्षक बेलबहादुर पाण्डेसहित स्थानीयहरुको टोली पुग्यो । मापदण्ड मापन गर्ने प्राबिधिक भने पुगेन्न । प्राबिधिक नपुग्दा अनुगमन टोलीलाई मापदण्ड बिपरित भएको भन्ने कुरा छुट्याउन केही समय कसरत गर्नुप-यो ।

ईआईए रिपोर्ट हेर्दा भने मापदण्ड बिपरित भएको भन्ने पुष्टि भयो । तर प्राबिधिक नहुँदा भने केही कठिनाई भयो ।‘ हामीले प्राबिधिकलाई ल्याउने भनी जानकारी दियौं’ जिल्ला समन्वय समिति संयोजक नेपालीले भने ‘ तर कोही पनि आउन सक्नु भएन् ।’ समन्वय समितिको प्राबिधिक अन्य काममा ब्यस्त रहेको तथा बबई र दंगीशरण गाउँपालिकाका प्राबिधिकहरुले पनि आफ्नो अन्य काम देखाएर नआएको उहाँको भनाई थियो ।

प्रतिकृया

प्रतिकृया