तुलसीपुर,
चैत्र-१४ /  तुलसीपुर काठमाडौ हवाई उडान दैनिक दुइपटक हुने भएको छ ।

यात्रुको चापका कारण नेपाल एयरलाइन्सको विमानले दैनिक २ वटा उडान भर्ने कमर्सियल डाइरेक्टर टंकनिधि दाहालले जानकारी दिए ।

दाहालका अनुसार चैत १८ गते सोमबारबाट दिनमा दुइपटक हवाइ सेवा सञ्चालन हुने भएको हो । गत असोज २७ गतेबाट हप्तामा २ दिन उडान भर्दै आएको वायुसेवा निगमको विमानले पुसवाट दैनिक हवाइसेवा सञ्चालन गर्दै आएको थियो । लामो समयदेखि वन्द अवस्थामा रहेको विमानसेवा सञ्चालनका लागि तुलसीपुर उपमहानगरपालिकाका नगरप्रमुख घनश्याम पाण्डेले पहल कदमी लिएका थिए ।

 



ADVERTISEMENT

  


 


विमान सेवा दैनिक दुइपटक सञ्चालन हुने कुराले यहाँका सर्वसाधारण खुसी भएका छन् । “एकैदिनमा काठमाडौको काम सकेर दाङ आउने पाइने भइयो” तुलसीपुर उद्योग वाणिज्य संघका अध्यक्ष विरु रावतले वताए । उनले व्यापारीहरुलाई यसले निकै फाइदा पुग्ने वताए ।

राप्ती अञ्चल यातायात व्यवसायी समितिका अध्यक्ष सुरेश हमालले दैनिक दुइपटक हवाइ सेवा सञ्चालन हुने कुराले उत्साहित वनाएको वताए । उनले आपतकालिन अवस्थामा जिल्ला वाहिरको हवाइ मार्ग प्रयोग गर्नुपर्ने वाध्यताको अन्त्य भएको वताए । तुलसीपुर चेम्वर्स अफ कमर्सका अध्यक्ष टोपवहादुर घर्तिले व्यवसायीहरुलाई दैनिक दुइपटक हवाइ सेवा सञ्चालन हुँदा निकै राहत महसुस भएको वताए ।

वन्द अवस्थामा रहेको विमानस्थल सञ्चालनसँगै यात्रु प्रतिक्षालय टर्मिनल भवन निर्माण अन्तिम चरणमा रहेको छ । नगरप्रमुख पाण्डेले इन्धन डिपो स्थापनाका लागि पहल भइरहेको समेत वताए । उनले अन्य निजी विमान कम्पनीले समेत उडानका लागि प्रस्ताव गरेको वताए ।

प्रतिकृया

प्रतिकृया