मनिषा राई, रोल्पा
२५-चैत /  रोल्पाको पश्चिम क्षेत्र माडी गाउपालिका २ मा रहेको घर्तीगाउ आयुर्वेद औषधालयमा प्रयाप्त औषधिको अभाव हुदा विरामीहरु मर्कामा परेका छन् ।

आयुर्वेद औषधालयमा आउने विरामीहरुले सेवा निःशुल्कका साथै औषधिहरु पनि निशुल्क पाउने हुदा औषधि प्रयाप्त नभएको सेवाग्राहीहरुले गुनासो गरेको औषधालय प्रशासनले जनाएको छ ।

पछिल्लो समय विरामीको चाप बढ्दै जानु तर औषधि प्रयाप्त नहुनुले सेवाप्रभावहमा प्रभाव परेको घर्तीगाउ आयुर्वेद औषधालयका कविराज लिला कुमारी बिष्टले बताए । उहाका अनुसार औषधि नहुँदा सेवाग्राहीलाई रित्तो हात फर्काउनुपरेको छ । दैनिक ५-१० जनाभन्दा बढी बिरामीलाई फर्काउनु परेको छ ।


ADVERTISEMENT

  



यता माडी गाउपालिका अध्यक्ष नन्द बहादु पुनमगरले भने गाउपालिकाले खरिद अनुमति दिइसकेको जानकारी गराउदै छिटै औषधि आयात गर्ने बताए ।

केही समय अघि आयुर्वेद औषधिको प्रयोगमा चासो नदिने विरामीहरुले अहिले रोगको निदान भनेकै आयुर्वेद नै हो भन्ने बुझाई समेत बढ्दै गएको छ । नया पुस्तामा आयुर्वेद औषधिको बारेमा त्यति चासो नलिएपनि पाका उमेरका सर्वसाधरणमा भने आयुर्वेद औषधिको प्रयोग र महत्व बढ्दै गइरहेको छ । घर्तीगाउ आयुर्वेद औषधालयबाट बिशेष गरी पेट, बाथरोग, पायल्स, ग्याष्ट्रिक, महिलाका रोग भएका विरामीहरुको औषधि बढी वितरण हुने गरेको छ ।

घर्तीगाउ आयुर्वेद औषधालय अन्तर्गत जिल्लामा पश्चिमी भेगमा बिभिन्न स्थानका विरामीहरुले सेवा पाइरहेका छन् । नियमित रुपमा आयुर्वेद औषधिको प्रयोग गरिरहेकाहरुलाई झन् समस्या भएको छ । औषधालयमा चालु आर्थिक बर्षको ६ महिना यता औषधिको अभाव रहेको छ ।

प्रतिकृया

प्रतिकृया