तेस्रो जखेरा पर्यटन तथा साँस्कृतिक महोत्सवमा आम्दानी तथा खर्च सार्वजनिक

ओमप्रकाश गुप्ता, लमही
२६-चैत /  जखेरा शिवालय धार्मिक पर्यटन विकास संरक्षण प्रतिष्ठानले तेस्रो जखेरा पर्यटन तथा साँस्कृतिक महोत्सवले २०७५ को आम्दानी तथा खर्च सार्वजनिक गरेको छ ।

मंगलवार लमही नगरपालिका नगर प्रमुख, उप प्रमुख, लमही नगरपालिका वडा नम्बर ३ का वडा अध्यक्ष बाबुराम चौधरी, पत्रकार र स्थानियहरु उपस्थितिमा माहाशिवरात्रीको अवसरमा आयोजना गरिएको तेस्रो जखेरा पर्यटन तथा साँस्कृतिक महोत्सव २०७५ को आम्दानी तथा खर्च सार्वजनिक गरिएको हो ।


ADVERTISEMENT

 



जखेरा शिवालय धार्मिक पर्यटन विकास संरक्षण प्रतिष्ठानका अनुसार ८ लाख २७ हजार ७ सय ६५ रुपैँया आम्दानी भएको र सोही रकम बाट ६ लाख ५२ हजार २ सय ६५ रुपैँया बाट संम्पूर्ण खर्च कटाई जम्मा १ लाख ७५ हजार ५ सय रुपैँया समितिको खातामा रहेको जखेरा शिवालय धार्मिक पर्यटन विकास संरक्षण प्रतिष्ठानका महासचिव लोकमणी बञ्जाडेले जानकारी दिए ।

यस्तै कार्यक्रममा लमही नगरपालिका नगर प्रमुख कुलबहादुर केसीले जखेराताललाई दाङकै गौरव तालको रुपमा विकास गर्ने बताए । नगर प्रमुख केसीले जखेरातालको विकासको निम्ती वृहत योजनाहरु ल्याउने बताए ।

कार्यक्रमका प्रमुख अतिथि समेत रहेका नगर प्रमुख केसीले जखेरातालमा अन्तरिक तथा बाह्रय पर्यटक भित्रयाउन सबैको आवश्यक रहेको भन्दै तालको संरक्षणको निम्ती सबैको समन्वय र पूर्व पश्चिम राजमार्गमा हिड्ने आन्तरिक तथा बाह्रय पर्यटकहरुले एक पटक जखेराताल हेर्नै पर्ने सोचको विकासको वातावरण बनाउने बताए ।

कार्यक्रममा लमही नगरपालिका उपप्रमुख देवका बेल्वासे, लमही नगरपालिका वडा नम्बर ३ का वडाध्यक्ष तथा महोत्सव आयोजक उपसमितिका संयोजक बाबुराम चौधरी लगायतले मन्तब्य राखेका थिए ।

जखेरा शिवालय धार्मिक पर्यटन विकास संरक्षण प्रतिष्ठानका सह अध्यक्ष रविध्वज थापाको स्वागत मन्तब्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण जखेरा शिवालय धार्मिक पर्यटन विकास संरक्षण प्रतिष्ठानका महासचिव लोकमणी बञ्जाडेले गरेका थिए । कार्यक्रममा मुल समितिका अध्यक्ष रामप्रसाद उपाध्यायलाई हिसाब हस्तान्त्रण गरिएको थियो ।

प्रतिकृया

प्रतिकृया