शरद रेग्मी, दाङ
२६-चैत /  दाङ तुलसीपुरको राप्ती ववई क्याम्पसलाई प्रबिधियुक्त बनाईने भएको छ ।

बिष्णुकुमार देवकोटाको अध्यक्षतामा गठित नयाँ कार्यसमितिले क्याम्पसलाई प्रबिधियुक्त बनाउने योजना सुनाएको हो ।

चैत १८ गते क्याम्पस प्रमुखमा युवराज रावत नियुक्त भएका थिए । मंगलबार पत्रकारहरुसंगको परिचयात्मक कार्यक्रममा भावी कार्यक्रमलाई दीर्घकालीन र अल्पकालीन गरी दुई भागमा छुट्याएर रणनीतिक योजना गराएको जानकारी गराएको छ ।


ADVERTISEMENT

  



क्याम्पस संञ्चालक समितिका अध्यक्ष बिष्णुकुमार देवकोटाले प्राथमिकतामा क्याम्पस भित्रको अनियमितालाई नियन्त्रण गरिने बताए । यो क्याम्पसमा गरीब,बिपन्न,पहाडी भेगका बिद्यार्थीले अध्ययन गरीरहेकोले उनीहरुका अभिभाबकहरुको पसिनालाई खेर जान नदिने संकल्प गरे । अध्यक्ष देवकोटाले दोस्रो प्राथमिकतामा शैक्षिक गतिबिधिलाई ब्यबस्थीत गरिने रहेको बताए ।

बिद्यानाथ कोईराला र मन वाग्ले जस्ता बिज्ञहरुसंग महिनामा एक दिन मात्र भएपनि अनलाईन मार्फत शैक्षिक अन्तरक्रिया गरीने जानकारी दिए । त्रिबि अनुदान आयोगबाट आर्थिक सहयोग प्राप्तलाई समेत प्राथमिकरणमा वर्तमान सञ्चालक समितिले राखेको जानकारी उनले जानकारी दिए ।

पत्रकार सम्मेलनमा सञ्चालक समितिका कोषाध्यक्ष बिनिल केसीले बजारमा हल्ला भए जस्तो आर्थिक रुपमा क्याम्पस कम्जोर नभएको जानकारी गराए । क्याम्पसमा चालु शैक्षिक सत्रमा २३ सय ९५ जना बिद्यार्थी अध्ययनरत र त्यसको १२ प्रतिसत बिभिन्न वर्ग र समुदायका बिद्यार्थीलाई छात्रबृत्ति प्रदान गरिएको बताए । त्यसबाट बचेका ५७ लाख ३६ हजार ३ सय १० रुपैया राष्ट्रिय बाणिज्य बैकको चल्तीखातामा मौजाद रहेको र त्यस मध्ये शिक्षकहरुलाई करिव ३३ लाख भूक्तानी गर्दा अझै खुद बचत १५ लाख २० हजार २ सय १० रुपैया रहने कोषाध्यक्ष केसीले जानकारी गराए ।

नवनियुक्त क्याम्पस प्रमुख युवराज रावतले क्याम्पसलाई आंगीक बनाउन लागि परेको जानकारी दिए । २०७० चैत २५ गते तत्कालीन सांसदहरुलाई भेला गरी आंगिक क्याम्पस बनाउन पहल गरिएको जानकारी गराए । १० वटा क्याम्पस आंगिक क्याम्पसमा रुपान्तरण भई सकेको र अवको चरणमा राप्ती बबई क्याम्पस समेत गरि ८ वटा क्याम्पस आंगिक क्याम्पसमा रुपान्तरण हुने बिश्वास दिलाए ।

आंगिक क्याम्पसमा राप्ती बबई क्याम्पस रुपान्तरण हुन गए,सम्पूर्ण जिम्मेवारी बिश्वबिद्यालले लिने भएकाले आर्थिक ब्ययभारदेखि प्राध्यापक,कर्मचारी ब्यबस्थापनमा समेत सहज हुने बताए । सञ्चालक समितिका अध्यक्ष बिष्णुकुमार देवकोटाको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत मन्तब्य उपाध्यक्ष मीनराज वलीले सहजिकरण क्याम्पस प्रमुख युवराज रावतले गरेका थिए ।

प्रतिकृया

प्रतिकृया