घोराही
२७ चैत/ दाङमा किसानहरुको कृषि पेशामा आकर्षण बढे सँगै घाँस खेती पनि व्यवसायीक बन्दै गएको छ ।

जिल्लाका एक दर्जन स्थानहरुमा विभिन्न प्रकारका घाँस खेतीहरु हुदै आएको छ ।करिब एक सय बिगाह क्षेत्रफलमा हिउँदे र बर्षे घाँस खेती हुदै आएको भेटेरीनरी अस्पताल तथा पशु सेवा बिज्ञ केन्द्र घोराहीले जानकारी दिएको छ ।

गुरुवागाउँ, हेकुलीको मौली, देउखुरीको लालमटिया, गढवा, मानपुर लगाएत एक दर्जन गाउँहरुमा व्यवसायीक घाँस खेती हुदै आएको केन्द्रका पशु विकास अधिकृत निमबहादुर पुनले जानकारी दिएका छन ।


ADVERTISEMENT

 



अधिकांश किसानहरुले व्यवसायीकरुपमा पशु पालेका कारण घाँस खेती गरेका हुन भने केहीले बिक्रि समेत गर्दै आएका छन् । गुरुवागाउँका करीब एक सय ३० कृषकले ८० हेक्टर जमिनमा व्यावसायिक घाँसखेती गरेका छन् । किसानहरुले नगदे बाली लगाउन छाडेर घाँस खेती गरेका हुन् ।

पशुका लागि आहारा र विउको मूल्य राम्रो भएका कारण घाँस खेती गरिएको गुरुवागाउँका कृषक पुष्पा बुढाथोकीले बताएका छन । यसैविच घाँस सँगै बर्सिम जातको घाँसबाट विउ उत्पादनले राम्रो मूल्य पाएको छ ।

शिवशक्ति घाँसको बीउविजन स्रोत केन्द्रले गत वर्ष झण्डै ६० हेक्टरबाट १ सय ५६ क्वीन्टल बीउ उत्पादन गरी ३५ लाख रुपैयाँको बिक्रि गरेको थियो । केन्द्रका अनुसार प्रतिकट्ठा ३० देखि ३५ किलोसम्म बीउ उत्पादन हुनेगरेको छ ।

प्रतिकृया

प्रतिकृया